तरुण खबर
२८ जेष्ठ २०७८, शुक्रबार ११:३५
काठमाडौं । नेपाली सेयर बजारमा लगानीकर्ताको उत्साह बढेको छ । पछिल्लो समय नेप्से परिसूचकमा बढोत्तरी आएपछि लगानीकर्तामा खुसियाली छाएको हो । लगातार बढिरहेको बजारमा अहिले विकास बैंक र फाइनान्स कम्पनीका लगानीकर्ता लभान्वित भएका छन् । योसँगै साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । तीन दर्जन कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ ।
जस्तै हिमालयन जनरल इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स सांग्रिला डेभलपमेन्ट, मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंकको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट देखिएको छ । त्यसैगरी ज्योति विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, मल्टिप्रपोज फाइनान्स, गुहेश्वरी फाइनान्स, गुडविल फाइनान्स, महालक्ष्मी विकास बैंक, मञ्जुश्री फाइनान्सलगायतका कम्पनीको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ । त्यसैगरी मेरो माइक्रोफाइनान्स, हिमाल दोखला हाइड्रोपावर कम्पनी, सामूदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने केही ओरालो लागेको छ ।


