ललितपुर महानगरलाई फाउण्डेशनको फोग मसिन सहयोग

ललितपुर महानगरलाई फाउण्डेशनको फोग मसिन सहयोग तरुण खबर २८ जेष्ठ २०७८, शुक्रबार ११:४३
ललितपुर महानगरलाई फाउण्डेशनको फोग मसिन सहयोग

काठमाडौं । प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनले ललितपुर महानगरपालिकालाई आधुनिक फोग मसिन सहयोग गरेको छ । फाउण्डेसनले ललितपुर महानगरपालिकाको मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्यालललाई आधुनिक फोग मसिन हस्तान्तरण गरेको हो ।ललितपुर महानगरपालीकाबाट संचालित दुई वटा आइसोलेन केन्द्रका लागि फाउण्डेसनले दुईवडा अत्याधुनिक फोग मेसिन सहयोग गरेको थियो ।

ललितपुर महानगरपालीकाको सभाहलमा आयोजना गरिएको एक कार्यक्रममा फाउण्डेशनका सल्लाहकार बिसन्तर शाक्य, अध्यक्ष ईश्वर बज्राचार्य, उपाध्यक्ष प्रविन बहादुर शाक्य तथा सदस्य सुजन बज्राचार्यले संयुक्त रुपमा मेयर चिरिबाबु महर्जनज तथा उपमेयर गीता सत्याललाई फोग मेसिन हस्तान्तरण गरिएको हो । फोग मेसिन हस्तान्तरण पछि आफ्नो भनाई राख्नु हँुँदै मेयर महर्जनले महामारीको यस कठिन समयमा महानगरको कार्यमा हौसला बढाई दिनु भएकोमा धन्यवाद दिएका थिए ।

मेयर महर्जनले कोरोना महाकारीबाट ललितपुर महानगरमा ११९ जनाको मृत्यु भएको जानकारी दिएका थिए । उनले महानगरपालिकाले कारोनाबाट मृत्यु भएका, उपचारमा रहेका र आइसोलेसनमा रहेकाहरुलाई महानगरपालिकाले आर्थिक सहयोग गर्ने घोषणा यसअघि नै गरिएको जानकारी पनि मेयर महर्जनले जानकारी दिएका थिए ।

सो कार्यक्रममा फाउण्डेशनका अध्यक्ष ईश्वर बज्राचार्यले महामारीको बेला आइसोलेसन नपाएर मानिसले कष्ट भोग्नुपरिरहेको स्थितिलाई मध्यनजर गरि महानगरपालीकाले आइसोलेसन कक्ष सञ्चालन गरी मानविय जीवन रक्षा गर्ने कार्य गरिरहेकोमा हाम्रो फाउण्डेनको तर्फबाट पनि अत्यावश्यक फोग मेसिन सहयोग गर्न पाएकोमा खुशी लागेको बताए ।

अत्याधुनिक फोग मेसिन केही समय पहिले ललितपुर महानगरपालीका १६ वडालाई पनि एक थान हस्तान्तरण गरिसकेको बताउनु हुँदै महानगरपालीकाले कोरोना महाराीलाई रोर दिनु भएकोमा धन्यवाद व्यक्त गर्नु हुँदै आगामी दिनहरुमा पनि यसरी नै हातेमालो गरि कार्य गरिरहने बताउनु भयो ।