तरुण खबर
२९ जेष्ठ २०७८, शनिबार ११:२३
११, जूनमा भारतमा ८४ हजार ६९५ जनाभन्दा बढी संक्रमित
काठमाडौं । भारतमा पाइएको कोभिड–१९ डेल्टा भेरियन्टलाई लिएर शुक्रबार स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले अल्फा भेरिएन्टभन्दा बढी नै संक्रामक हुने बताएका छन् । बेलायतका स्वास्थ्य विशेषज्ञहरुले आफ्नो रिसर्चमा डेल्ट भेरिएन्ट, अल्फा भेरिएन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ । युके हेल्थ सेक्यूरिटी एजेन्सिका कार्यकारी प्रमुख डा. जेनी ह्यारिसले भनेका छन्– जुन तरिकाले डेल्टा भेरियन्ट मुलुकमा फैलिएको छ, त्यसलाई नियन्त्रणमा लिने एक मात्र उपाए खोप हो ।
दुई डोज लगाउनु भएको छैन भने पनि पहिलो डोजले नै प्रभावकारी काम गर्ने उनले बताएका छन् । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (११, जुन) मा २० लाख ४४ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ८४ हजार ६९५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । १०, जुनमा २० लाख ४ हजार ६९० जनाको नमुना परीक्षण गर्दा ९१ हजार २६६ जना कोरोना संक्रमित थपिएका थिए ।
त्यस्तै, भारतमा पछिल्लो २४ घण्टा (११, जुन) मा कोरोना भाइरस संक्रमणबाट ४ हजार जनाको निधन भएको छ । १०, जुनमा कोरोनाभाइरस संक्रमणबाट ३ हजार ४०२ जनाको निधन भएको थियो । नेपाली समय अनुसार जेठ २९ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९३ लाख ५८ हजार ३३ जना छन् । भारतमा २ करोड ७९ लाख १ हजार ६८८ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या १० लाख ८९ हजार २४८ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ २९ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ६७ हजार ९७ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।


