तरुण खबर
३० जेष्ठ २०७८, आईतवार ११:१९
साउदी अरबमा एक महीनापछि शुरु हुँदै हज
काठमाडौं । सउदी अरबमा हज गर्न जाने व्यक्तिहरुको कोटा निर्धारण भएको छ । साउदी अरब सरकारले हज गर्न जानेहरुमा ६० हजारमा सीमित गरेको छ । तर हज गर्न आउनेहरु दुबै डोज खोप लगाएको कागजात अनिवार्य रुपमा देखाउनु पर्ने भएको छ । सउदी अरब सरकारद्वारा सञ्चालित सऊदी प्रेस एजेन्सिले हिजो शनिबार घाषणा गरेको हो । करीब एक महीनापछि शुरु हुने हजका लागि कोरोना महामारीका कारण यस पटक कोटा तोकिएको हो ।
झनअघिल्लो वर्ष साउदी अरबको मक्का मदिनामा १५ सय नेपाली हज गर्न गएका थिए । साउदी अरब अधिराज्य अरबी प्रायदिपको सबैभन्दा ठूलो देश हो । यसको सीमा ८ मुलुकसँग जोडिएको छ । उत्तर–पश्चिममा जोर्डन, इजिप्ट पर्छन भने उत्तरमा ईराक, कुवेत, पूर्वमा बहराइन, कतार, र संयुक्त अरव इमिरेट्स पर्दछन् । त्यसैगरी दक्षिण पूर्वमा ओमन, दक्षिणमा यमन लगायतका देशहरु रहेका छन् । केहीक्षेत्रसँग दक्षिण पूर्वमा पर्सियन खाडी अरबको खाडीले छोएको छ भने उत्तर–पूर्व र पश्चिममा लाल सागर रहेको छ ।
यो अधिराज्यको अनुमानित जनसङ्ख्या करिब २ करोड ७५ लाख र यस देशको क्षेत्रफल २१,५०,००० वर्ग किलोमीटर रहेको छ । यो मुलुकमा १३ प्रान्त छन् । यो मरूभूमीको देश हो । पेट्रोलियम पदार्थ र धार्मिक पर्यटन यो देशका मुख्य आर्थिक स्रोत हुन् । यहाँको हावापानी सुख्खा छ । पानी नपर्ने र अत्यधिक गर्मी हुने हुँदा बसोबास गर्न कठिन हुन्छ । वर्षातको समयमा बाहिरको तापक्रम ५० डिग्रीभन्दा माथि पुग्छ । साउदी अरब एक इस्लामीक राष्ट्र हो ।
विश्वका इस्लाम धर्माबलम्वीहरूको ठूला धार्मिकस्थल मक्का र मदिना साउदी अरबमा रहेको हुँदा यो अधिराज्यलाई “दुई पवित्र मस्जिदको भूमी” पनि भनिन्छ । यहाँका राजालाई यी दुई धार्मिक स्थलको संरक्षक मानिन्छ । संसार भरिबाट वर्षेनी लाखौं ईस्लाम धर्मावलम्बी मक्का मदिनामा हज (हिजरी पात्रोको १२औं महिनामा) र उमराह (वर्षैभरी) गर्नको लागि आउदछन् । यहाँको न्याय प्रणाली पूर्णतः ईस्लामिक कानून (सरिया कानून) मा आधारित हुने गरेको छ ।


