कर्मचारीहरुले इन्कार गरे सुरक्षा कोष

कर्मचारीहरुले इन्कार गरे सुरक्षा कोष तरुण खबर ३० जेष्ठ २०७८, आईतवार ११:२२
कर्मचारीहरुले इन्कार गरे सुरक्षा कोष

काठमाडौं । नयाँ युगको शुरुवातभन्दै सरकारले ३ वर्षअघि न्वारानदेखि बल निकालेर शुरु गरेको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि बैंक तथा वित्तीय संस्थाकै कर्मचारीले इन्कार गरेका छन् । सरकारले पटक–पटक समय सीमा थप गरेर आबद्ध हुन आग्रह गरे पनि ऐनमा भएका कतिपय व्यवस्थामा अझै सम्बोधन नभएको भन्दै उनीहरुले आबद्ध हुन आलटाल गरिरहेका छन् ।

पछिल्लो समय सामाजिक संघ–संस्थादेखि पत्रपत्रिका, होटल व्यवसायलगायत जुनसुकै पेशा व्यवसाय र उद्योगमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अनिवार्य गरिएको छ । सामाजिक सुरक्षा कोषका अनुसार हालसम्म २७ वटा वाणिज्य बैंकमध्ये भारतको आइसीआईसीआई बैंकको शाखासहित जम्मा ८ वटा बैंक मात्रै आबद्ध भएका छन् । बैंकलाई जवर्जस्ती आवद्ध नगराउन सामाजिक सुरक्षा कोषलाई बैंकर्स संघले आग्रह गरेको छ ।  तर, कोषमा आबद्ध भए पनि उनीहरुले सम्पूर्ण कर्मचारी तथा त्यसवापत कोषमा जम्मा गर्नुपर्ने रकम भने जम्मा गरेका छैनन् ।

तर, सो वापत कर्मचारीको संख्या र त्यसवापतको रकम जम्मा गर्ने विषयमा हेलचेक्र्याईं गर्दै आएको कोषको भनाइ छ । कोषका अनुसार आइसीआइसीके शाखासहित ९ वटा बैंकका १ हजार ७३८ जना कर्मचारी कोषमा आबद्ध भएका छन् । जसमध्ये ती बैंकहरुले कोषमा १ करोड २४ लाख १ हजार ८९६ रुपैयाँ ३२ पैसा जम्मा भएको छ । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले कोषको ऐनमा भएको व्यवस्था अनुसार कोषमा आबद्ध नहुँदा नै फाइदा हुने भन्दै अनइच्छुक रहेका हुन् ।

उनीहरुले कोषमा आबद्ध हुन आफूहरुलाई कुनै समस्या नभए पनि ऐनमा भएको व्यवस्थामा आफ्ना माग सम्बोधन नभए आबद्ध हुनुको कुनै औचित्य नभएको दावी गरेका छन् । उनीहरुले सरकार समक्ष नै आफू असन्तुष्ट भएका विषयमा स्पष्ट रुपमा व्यक्त गरे पनि सरकारले कार्यविधि संशोधन गर्न तत्पर नदेखिएको आरोप लगाउँदै आएका छन् । कोषमा आबद्ध हुने सबैभन्दा बढी लक्ष्मी बैंकका कर्मचारी छन् । लक्ष्मी बैंकका १ हजार २९० जना कर्मचारी कोषमा आबद्ध भएका छन् ।

सामाजिक सुरक्षा कोषलाई ‘साहू पोस्ने र कर्मचारी सोस्ने’ संज्ञा दिइएको छ । त्यसैगरी प्राइम बैंकका १ सय जना, एनसीसी बैंकका १८९ जना, प्रभु बैंकका १०० जना, सिभिल बैंकका ८८ जना, ग्लोवल आइएमई बैंकका १० जना र मेगा बैंकका ४० जना कर्मचारी कोषमा आबद्ध भएका छन् । आइसीआइसीआइ बैंकबाट १ जना कर्मचारी आबद्ध छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंक कोषमा आबद्ध भए पनि हालसम्म एकजना कर्मचारी पनि आबद्ध भएका छैनन् ।  चार्टर्ड बैंक १÷२ दिनमै आवद्ध हुने कोषले जनाएको छ ।

मेट लाइफका कर्मचारीले गाँसै खोसेर समाजिक सुरक्षा कोषमा आवद्ध गराए आन्दोलन गर्ने चेतावनी दिएका छन् । कोषका अनुसार हालसम्म कोषमा कुल आबद्ध संस्थाहरुको संख्या १४ हजार २०८ छ । साथै ती संस्थाका २ लाख २४ हजार १६१ कर्मचारीले हालसम्म कोषमा ५ अर्ब ९६ करोड रुपैयाँ जम्मा गरिसकेका छन् । सरकारले बढो तामझामका साथ सुरु गरेको भएपनि आवद्ध कर्मचारीहरुको लागि कुनै आकर्षक प्याकेज ल्याउन नसक्दा सामाजिक सुरक्षा कोषलाई कर्मचारीहरुले बोझका