असार ६ पछि उजुर–बाजुर नलाग्ने ः क्रियाशील छानविन समिति

असार ६ पछि उजुर–बाजुर नलाग्ने ः क्रियाशील छानविन समिति तरुण खबर १ असार २०७८, मंगलवार १२:००
असार ६ पछि उजुर–बाजुर नलाग्ने ः क्रियाशील छानविन समिति

काँग्रेसले भन्यो
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले जेठ २९ गते बसेको बैठकले ३३ जिल्लाका ६५ स्थानको नामावली पार्टीको आधिकारीक वेवसाइडमार्फत सार्वजनिक गरेको छ । यसअघि १०१ स्थानको सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । जारी विज्ञप्ति अनुसार प्रदेश नं. १ का जिल्लाहरुमा मोरङ, सोलुखुम्बु, सुनसरी, धनकुटाका केही स्थानको नयाँ, पुराना क्रियाशिल सदस्यको नविकरण गरी इन्ट्री गरिएको बताइएको छ ।

त्यस्तै प्रदेश २ का जिल्लाहरुमा सिरहा, महोत्तरी, सर्लाही, रौतहट, धनुषा र पर्षा जिल्लाको पुराना र नयाँ क्रियाशिल सदस्यहरुको नविकरण गरिएको जानकरी दिएको छ । त्यस्तै, वागमती प्रदेशका जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ र रामेछाप जिल्लाको विभिन्न स्थानको नयाँ–पुराना सक्रिय सदस्यको नविकरण गरी इन्ट्रि गरिएको पार्टी कार्यालयले जानकारी दिएको छ । गण्डकी प्रदेशका जिल्लाहरुमा तनहुँ, स्याङ्जा, पर्वत, मुस्ताङ र नवलपुरका नयाँ र पुराना केही स्थानका सक्रिय सदस्यहरुको नविकरण गरिएको बताइएको छ ।

लुम्बिनी प्रदेशका जिल्लाका बाँके, रुपन्देही र दाङका केही स्थानको क्रियाशिल सदस्यता नयाँ–पुरानाको नविकरण गरिएको पार्टी कार्यालयले जानकारी दिएको छ । त्यस्तै, कर्णाली प्रदेशका जुम्ला, सुर्खेत, डोल्पा र सल्यान जिल्लाका विभिन्न स्थानको क्रियाशिल सदस्यको पुराना–नयाँको नविकरण गरिएको छानवीन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली, बैतडी र बझाङ जिल्लाको क्रियाशिल सदस्यहरुको केही स्थानको नविकरण गरिएको जानकारी दिएको छ ।

यस अघि सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी, गुनासा वा सुझाव भएमा यस समितिको नाममा पार्टीको इमेल ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले २०७८ असार ६ गतेभित्र स–प्रमाण लिखित उजुरी, गुनासो पठाउन सक्नेछन् । असार ६, २०७८ पछि प्राप्त भएका उजुरी उपर कुनै सुनुवाई हुने छैन समितिले भनेको छ ।

क्रियाशील सदस्यताको प्रस्तावित नामावली सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफू अन्तर्गतका वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनधि सभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपी, क्रियाशील सदस्यताको कम्प्युटर इन्ट्री गरेको प्रस्तावित नामावलीको प्रमाणित (नयाँ तर्फको प्रतिनिधि सभा क्षेत्रले र नवीकरण तर्फको जिल्लाले) सूची, सदस्यता शुल्क, सहयोग रकम (लेवी) जम्मा गरेको भौचर÷आवश्यक कागजात विवरण, क्षेत्रीय कार्यसमितिले जिल्ला मार्फत केन्द्रमा र जिल्ला कार्यसमितिले आफ्नो जिल्ला भरिको क्रियाशील सदस्यता सम्बन्धी केन्द्रबाट पठाइएको परिपत्र बमोजिमको र सम्पूर्ण प्रक्रिया पु-याई उल्लेखित सम्पूर्ण कागजात विवरण एक हप्ताभित्र अनिवार्य केन्द्रमा (भौतिक उपस्थितिमा बुझाउन सम्भव भए सोही अनुसार सक्कल कागजात तत्काल केन्द्रीय कार्यालयमा र आउन सम्भव नभए इमेलमार्फ पठाउन केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालले बताएका छन् ।