मेरा दुई प्रश्न, विश्वविद्यालय पूर्व उपकुलपति र राजदूतहरुलाई

मेरा दुई प्रश्न, विश्वविद्यालय पूर्व उपकुलपति र राजदूतहरुलाई तरुण खबर ४ असार २०७८, शुक्रबार १०:२७
मेरा दुई प्रश्न, विश्वविद्यालय पूर्व उपकुलपति र राजदूतहरुलाई

चाउयान लाई श्रेष्ठ
हिजोआज मलाई दुई वटा विषयले विचलित बनाएको छ । एउटा नेपालका गाउँलाई प्राकृतिक विपत्तिका घटनाहरुले सताउने गरेको छ भने अर्को विषय हो कोभिड–१९ कारण मानव जीवन नै संकटमा परेको अबस्थाले म बेचैन छु । विना अनुसन्धन मेडिकल कलेजहरु खोल्न दिन विषय महत्वपूर्ण हुँदाहुँदै पनि अहिले प्रथमिकताको सूचीमा पर्न सकेका छैनन् ।

केही समयअघि नेपाली जनतालाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन त्रिभुवन विश्व विद्यालयका १० जना पूर्व उपकुलपतिहरुले विज्ञप्ति जारी गरेका थिए । १० जना पूर्वउपकुलपतिहरुले जारी गरेको विज्ञप्तिमा तिर्थ खनियाको नाम थिएन । किन ? भन्ने मेरो जिज्ञाषा अहिले पनि शान्त हुन सकेको छैन ।

विज्ञप्ति जारी गर्ने पूर्वउपकुलपतिहरुमा महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाश जंग शाह, कैलाशनाथ प्याकुरेल, तोरणबहादुर कार्की, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यको नाम थियो । नेपाली काँग्रेसको सरकार हुँदा त्रिभुवन विश्व विद्यालयका तिर्थराज खनियालाई उपकुलपति बनाइएको हो ।

नेपाली काँग्रेसको सरकार रहदा पटक–पटक अबरस पाएका तिर्थ खनियाले पार्टीलाई के कति योगदान दिए समिक्षाको विषय हुनु पर्छ । त्रिभुवन विश्वविद्यालय जस्तो राष्ट्रको एक मात्र राष्ट्रिय प्रतिष्ठा प्राप्त विश्वविद्यालयको उपकुलपति भएको मान्छेको १० जना पूर्वउपकुलपतिहरुले निकालेको विज्ञप्तिमा नाम देखिएन त्यपछि मेरो मनमा खुल्दुली चलिरहेको थियो, अहिले पनि खुल्दुली चल्न छाडेको छैन ।

यस्तो विपत्तिमा सहयोग नजुटाउने राजदूतहरुलाई नेपाली नागरिकको करबाट डलरमा तलव–भत्ता बुझ्ने नैतिक अधिकारी छैन भन्ने लाग्छ । नेपाली जनतालाई संकट परेको सहयोग जुटाउन पहल पनि नगर्ने राजदूतहरुले नेपाली जनताले तिरेको करबाट तलब–भत्ता बुभ्mने नैतिक अधिकार राख्दैनन् र दिनु पनि हुँदैन ।

किन भूतपूर्वको सूचीमा आप्mनो नाम दर्ज गराउन उनले किन चाहेनन् वा रुचाएनन् ? मेरो प्रश्न छ । सम्बन्धित व्यक्तिबाट जवाफको प्रतिक्षामा रहने छु । यद्यपी तिर्थ खनियाको नाम सधै विवादमा रही रह्यो । उनको नियुक्तिप्रति असहमति जनाउँदै विश्वविद्यलायमा तालाबन्दी नै भएको थियो । खनियाको नियुक्तिसँगै उनलाई वौद्धिक चोरीको आरोप पनि लागेको थियो । तर बौद्धिक चोरीको अरोपको चित्त बुभ्mदो ढंगले उनले प्रतिवाद गरेका छैनन् ।

यसअघि योजना आयोगको सदस्य, उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष, आधारभूत तथा प्राथमिक शिक्षा परियोजनाको प्रमुख भएका थिए तिर्थराज खनिया । मैले २०–२५ बर्ष देखि उच्च शिक्षाको नीति बनाउने, विश्वविद्यायको नीति बनाउने कुरामा, चिकित्सा शिक्षा बारेको नीति लगायत धेरै नितीगत कुरामा प्रतिवेदन दिएँ खनियाले २०७२ भदौ १ गते दिएको अन्तरवार्तामा दावी गरेका छन्।

काठमाडौँ नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धनको विरोध गर्दै तत्कालिन उपकुलपति तिर्थ खनियाको युवाहरुले सडकमै निश्किएर प्रदर्शन गरेका थिए । सरकारले १० वर्षसम्म कुनैपनि मेडिकल कलेजलाई सम्बन्धन नदिने ऐन ल्याउन खोज्दा खोज्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति खनियाले काठमाडौँ नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएकोमा युवाहरुले विरोध गरेका हुन् ।

कुनै पनि आधारभूत आवश्यकता पूरा नगरेको कलेजलाई माफियाहरूको पैसा र मोहमा परेर उपकुलपति खनियाले काठमाडौँ नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको उनीहरूको दावी थियो । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तीर्थ खनियाँले अवकाशको केही दिनअघि निजी मेडिकल कलेजहरुलाई फाइदा हुनेगरी विवादास्पद निर्णय गरेको भेटिएको थियो ।

निजी मेडिकल कलेज सञ्चालकहरुको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थीलाई भर्ना गर्ने बाटो खोलेका छन् । निर्णयबारे बैठकमा सहभागीहरुले फरक÷फरक प्रतिक्रिया दिएका छन् । निवर्तमान उपकुलपति खनीयाँ लगायतले बैठकमै निर्णय भएको बताए । हाल निमित्त उपकुलपति रहेकी रेक्टर सुधा त्रिपाठीले निर्णबारे आफूलाई थाहा नभएको र कार्यालयमा बुझ्नुपर्ने प्रतिक्रिया दिएकी थिइन् ।

यो निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरुले हालकै अवस्थामा एक शैक्षिक सत्रमा ६० करोड रुपैयाँ अतिरिक्त आर्जन गर्छन् । यो समाचार कान्तिपुर दैनिमा कृष्ण ज्ञवाली सुदीप कैनीले २०७६ साल भदौ १२ गते लेखेका थिए । खोज तथा अनुसन्धान गरी प्रष्ट पार्नु पर्ने विषय हो यो । अर्को महत्वपूर्ण विषय हो– नेपाल भूकम्पिय जोखिममा परेको मुलुक हो । त्यस्तै तराई–मधेसका केही भाग वर्षामा ठूलो पानी पर्दा डुवानको समस्य हुन्छ भने पहाडमा बाढी र पैरोको समस्य हुन्छ ।

यो वर्षको शुरुमै अर्थात असार महीनाको शुरु सातामै बाडी–पैरोले सिन्धापाल्चोक, मनाङ, पर्वत, म्याग्दी, स्याङजा, लमजुङ, पाल्पा, डोटी, बझाङ, चितवन र गुल्मी जस्ता जिल्लामा बाडीले वितण्डा मच्चाएको छ । प्राकृतिक विपत्ति आएमा सहयोग जुटाउने र विकास–निर्माण, व्यापार–व्यवसायको बढोत्तरीका लागि विभिन्न मुलुकमा राजदूतहरु राखिएका छन् । केही मुलुकका राजदूत बाहेक अधिकांश दूतहरु राजनीतिक कोटाको आधारमा नियुक्ति पाएकाले हुनुपर्छ, हाई काडेर बसेका छन् ।

उनीहरुको राजनीतिक गफ सुन्न हामी आफैं पनि बाध्य छौं । यस्तो विपत्तिमा सहयोग नजुटाउने राजदूतहरुलाई नेपाली नागरिकको करबाट डलरमा तलव–भत्ता बुझ्ने नैतिक अधिकारी छैन भन्ने लाग्छ । नेपाली जनतालाई संकट परेको सहयोग जुटाउन पहल पनि नगर्ने राजदूतहरुले नेपाली जनताले तिरेको करबाट तलब–भत्ता बुभ्mने नैतिक अधिकार राख्दैनन् र दिनु पनि हुँदैन । दिइएको छ भने कामको मूल्यांकन गरी असुल–उपर गर्नु पर्छ ।

नेपालमा जेठ ३१ गतेदेखि अविरल वर्षा भैरहेको छ । मौसमविद्हरुका अनुसार शनिबारसम्म देशका विभिन्न भाग ठूलै वर्षा हुने उनीहरुले अनुमान गरेका छन् ।
हुन त विषम परिस्थितिमा पनि प्रभावकारी काम गर्ने राजदूतहरुमा डा. मदन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, तापस अधिकारी, यज्ञ हमाल, रामकाजी खड्का र कुमार खरेल पर्दछन् भनिन्छ ।

कामै नगरी डलरमा तलब–भत्ता बुभ्mने त्यस्ता नालायकहरु माथि परराष्ट्रले छानीछानी कारवाही प्रकृया अगाडि बढाउनु पर्दछ, सरकारले छानविन गर्न ढिला गर्नै हुन्न । हुन त परराष्ट्र कै सचिव मुख्यसचिव हुँदा पनि परराष्ट्रको कर्मचारीलाई निर्देशिकालाई लत्याउँदै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारसँग सेटिङ मिलाई नातागोतालाई राजदूत बनाएको घटना हाम्रा लागि नयाँ होइन ।

यस्ता व्यक्तिबाट नेपाली जनताले के आशा र भरोसा गर्ने ? यस्ता सेटिङबाट बनेका राजदूतहरुले नेपालको परराष्ट्र सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धमा के राम्रो काम गर्न सक्लान् ? राष्ट्रलाई विपत पर्दा काम गर्न सक्दैनन् भने यस्ता सेता हात्ती केको लागि पाली राख्ने ?
(लेखक श्रेष्ठ नेपाली काँग्रेस, परराष्ट्र विभागको पूर्व सदश्य हुन्)