डेल्टा प्लस भेरियन्ट भएकालाई खोपको कम असर पर्ने ?

डेल्टा प्लस भेरियन्ट भएकालाई खोपको कम असर पर्ने ? तरुण खबर ८ असार २०७८, मंगलवार ११:१३
डेल्टा प्लस भेरियन्ट भएकालाई खोपको कम असर पर्ने ?

काठमाडौं । विश्व स्वास्थ्य संगठनले डेल्टा प्लसलाई कोरोना विरुद्धको खोपको कम असर देखिएको बताएको छ । डेल्टा प्लस कोरोना भाइरसको सबैभन्दा खतरनाक भेरिएन्ट मानिएको छ । कोरोना भाइरसको रुपमा अहिलेसम्म अल्फा, बीटा, गामा र डेल्टा, पाइउको डब्लुएचओले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले बताएका छन् कि आगामी दिनमा कोरोनाभाइरसको नयाँ म्यूटेन्ट सक्रिय हुन सक्छ, जसको असर खोपमा पर्ने छ ।

केरलमा डेल्टा प्लस भएका तीन जना संक्रमित देखिएका छन् । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२१, जुन) मा १३ लाख ८८ हजार ६९९ जनाको नमुना परीक्षण गर्दा ३९ हजार ९६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २०, जुनमा १८ लाख ११ हजार ३८७ जनाको नमुना परीक्षण गर्दा ५३ हजार ९ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यस्तै पछिल्लो २४ घण्टा (२१, जुन) मा कोरोना संक्रमणबाट ८४६ जनाको निधन भएको छ ।

२०, जुनमा कोरोना भाइरस संक्रमणबाट १ हजार ११३ जनाको निधन भएको थियो । नेपाली समय अनुसार असार ८ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९९ लाख ७३ हजार ४५७ जना छन् । भारतमा २ करोड ८९ लाख १३ हजार १९१ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ७० हजार ९९८ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (सोमबार) मा ७६ हजार ६६२ जना कोरोना मुक्त भएका छन् । असार ८ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ८९ हजार २६८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।