भारतमा कुल संक्रमितको संख्या ३ करोड २७ हजारभन्दा बढी

भारतमा कुल संक्रमितको संख्या ३ करोड २७ हजारभन्दा बढी तरुण खबर ९ असार २०७८, बुधबार ११:१५
भारतमा कुल संक्रमितको संख्या ३ करोड २७ हजारभन्दा बढी

काठमाडौं । भारतका केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले हिजो मंगलबार प्रेस सम्मेलनमा भनेका छन्– देशभर डेल्टा प्लस भेरियन्ट पाइएको छ, जसमध्ये महाराष्ट्रको रत्नागिरी र जलगाउँ जिल्लामा १६ जना छन् भने बाँकी ६ जना केरला र मध्य प्रदेशमा छन् । भारतका २८ प्रयोगशालमा परीक्षण गरिएको थियो । कोरोना विरुद्धको खोप डेल्टा प्लस भेरियन्टलाई पनि प्रभावकारी ढंगले काम गर्ने जानकारी दिदै तर कोभिशिल्ड र कोभ्याक्सिन खोपले कति प्रतिशत प्रभावकारी काम गर्छ अनुसन्धान भैरेको बताइएको छ ।

डेल्टा प्लस (एवाई.१) संक्रमण अहिलेसम्म भारत लगाएत आठ देशमा पाइएको विश्व स्वास्थ्य संगठन जानकारी दिएको बताइएको छ । जसमा अमेरिका, ब्रिटेन, स्वीजरल्याण्ड, पोर्चुगल, जापान, नेपाल, चीन तथा रूस छन् । जबकि डेल्टा भेरिएन्टको संक्रमण ८० भन्दा बढी मुलुकमा छन् ।
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२२, जुन) मा १६ लाख ६४ हजार ३६० जनाको नमुना परीक्षण गर्दा ५४ हजार ३९३ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २१, जुनमा १३ लाख ८८ हजार ६९९ जनाको नमुना परीक्षण गर्दा ३९ हजार ९६ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै पछिल्लो २४ घण्टा (२२, जुन) मा कोरोनाभाइरसको संक्रमणबाट १ हजार १२९ जनाको निधन भएको छ । २१, जुनमा कोरोना संक्रमणबाट ८४६ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असार ९ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड २७ हजार ८५० जना छन् । भारतमा २ करोड ८९ लाख ८७ हजार ३११ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ४९ हजार ८४८ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (मंगलबार) मा ७४ हजार १२० जना कोरोना मुक्त भएका छन् । असार ९ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ९० हजार ६९१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।