भारतमा एकै दिन ८० लाखलाई कोरोना विरुद्धको खोप

भारतमा एकै दिन ८० लाखलाई कोरोना विरुद्धको खोप तरुण खबर १३ असार २०७८, आईतवार १०:१०
भारतमा एकै दिन ८० लाखलाई कोरोना विरुद्धको खोप

काठमाडौं । भारतले असार ७ गते अर्थात २१ जुनमा कोरोना भाइरस विरुद्धको खोप ८० लाखभन्दा बढी जनालाई लगाएको छ । यो संख्या स्वीजरल्याण्डको जनसंख्या बराबर हो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार एक सातामा करीब ३ करोड ३० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाएको छ । भारत कुल जनसंख्यामध्ये ३२ करोडभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

महाराष्ट्र राज्य कोरोना विरुद्धको खोप लगाउँने मामिलामा अन्य राज्यभन्दा अगाडी भएको छ । महाराष्ट्र राज्यको कुल जनसंख्यामध्ये असार ११ गते शुक्रबारसम्ममा करीब ३ करोडभन्दा बढीलाई खोप लगाएको छ । एकै दिन ८० लाख खोप लगाएको भारतमा क्रमशः खोप लगाउने मात्र घटाउँदै लगेर ६० हजारमा पु¥याएको छ । भारत सरकारले आगामी मंसिरसम्ममा (डिसेम्बर, २०२१) सबै जनतालाई कोरोना विरुद्धको खोप लगाउँने घोषणा गरेको थियो । स्वास्थ्य क्ष्ोत्रका विज्ञहरुले डिसेम्बरसम्ममा खोप लगाउँने कुरालाई असम्भव भन्दै चुनौती रुपमा लिन सरकारलाई सम्झाएका छन् ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२६, जुन) मा २२ लाख ४३ हजार ४४४ जनाको नमुना परीक्षण गर्दा ४९ हजार ८५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २५, जुनमा १७ लाख ३५ हजार ७८१ जनाको नमुना परीक्षण गर्दा पनि ४९ हजार ५२ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२६, जुन) मा कोरोनाभाइरसको संक्रमणबाट १ हजार २५६ जनाको निधन भएको छ । २५, जुनमा कोरोनाभाइरसको संक्रमणबाट १ हजार १८६ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असार १३ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड २ लाख ३२ हजार ३२० जना छन् । भारतमा २ करोड ९२ लाख ४३ हजार ३३५ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ९३ हजार २०५ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (शनिबार) मा ५७ हजार ७७६ जना कोरोना मुक्त भएका छन् । असार १३ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ९५ हजार ७८० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।