तरुण खबर
१३ असार २०७८, आईतवार १०:१४
काठमाडौं । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी हुँदै छ ।
यसअघी चलचित्रको लागी नायक नायिकाका साथै अन्य कलाकारको लागि पनि यसरीनै खोजी र छनौट गरिएको थियो । बिगत २५ बर्षदेखि नेपाली फिल्म जगतमा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल यस चलचित्रको निर्माता रहेका छन् । ‘प्रेमगञ्ज’ विशुद्ध प्रेम कथामा आधारित रहेको छ ।
मुख्य कलाकारमा नायक तेज गिरी र नायिकामा बेनिशा हमाल र सम्पदा बानियाँ रहेका छन । सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाल अडिसनबाट छानिएका हुन् । फिल्मका अन्य कलाकारमा नरेश पौडेलल, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली, गीता अधिकारी, अन्चित ढुङ्गाना लगायतको अभिनय रहने छ ।
चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको फिल्मका निर्माता राजु फुयाँल थिए भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । त्यस्तै ‘आँधी तुफान–२’ पनि निषेधाज्ञाले सुटिङ रोकिएको थियो । २५ प्रतिशत छायाँकन सकाउँदै गर्दा फिल्म रोकिन पुगेको हो । फिल्मको छायाँकन अब कहिले सुरु हुन्छ यसै भन्न सकिन्न्, त्यबेला निर्मातहरुले भनेका थिए । निषेधाज्ञा पूर्ण रुपमा खुलेपछि फिल्मको छायाँकन थाल्ने निर्देशक मदन घिमिरेले बताएका थिए ।


