पार्टी प्रवक्ता ज्ञावलीद्वारा नेपाल मिल्नै नसक्ने गरी टाढिएको स्वीकार

पार्टी प्रवक्ता ज्ञावलीद्वारा नेपाल मिल्नै नसक्ने गरी टाढिएको स्वीकार तरुण खबर १४ असार २०७८, सोमबार ११:२१
पार्टी प्रवक्ता ज्ञावलीद्वारा नेपाल मिल्नै नसक्ने गरी टाढिएको स्वीकार

प्रधानमन्त्रीको अफर आएको हो तर स्वीकार दिन : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल एमालेबाट टाढिदै गएको एमाले प्रवक्ता प्रदीप ज्ञावलीले स्वीकार गरेका छन् । आपूmलाई प्रधानमन्त्रीको अफर आएको बताउँदै माधवकुमार नेपालले यसअघि नै पाँच दलको गठबन्धनलाई धोका नदिने घोषणा गरेका थिए ।

एमालेको स्थायी समितिको बैठकमा पार्टीलाई एक राखेर मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिन्छ भन्ने निष्कर्ष निकालिए पनि कतिपय नेताहरूका व्यवहारहरू एकतासँग ठ्याम्मै मिल्ने खालका नरहेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । आइतवार बिहान बसेको पार्टी स्थायी समितिको बैठकपछि बोल्ने क्रममा पत्रकारहरूले माधवकुमार नेपाल एमालेमा रहने सम्भावना टाढिँदै गएको देखिएको छ भन्ने जिज्ञासा राखेका थिए, जसलाई प्रवक्ता ज्ञवालीले नकारेनन्, तर आफूहरूले आशा नमारेको उनले बताएर विषयान्तर गरेका थिए ।

पार्टीभित्र अत्यान्तै कमजोर देखिए पनि माधवकुमार नेपालको दवावका कारण केपी शर्मा ओली प्रधानमन्त्रीबाट हट्ने प्रबल सम्भावना देखिदै गएको छ । पाँच दलको गठबन्धनको पक्षमा बहस गरिरहेका तीन दर्जनभन्दा अधिवक्ताहरुको वकालत सकिएको छ । आज सोमबारदेखि सरकारी अधिवक्ताहरुले प्रधानमन्त्री ओलीको पक्षमा बहस गर्ने छन् ।

यता, उनको भनाइ थियो– एमालेलाई थप कमजोर गर्ने, विभाजित गर्ने, वर्तमान सरकारलाई जसरी पनि विस्थापित गर्ने र प्रतिपक्षलाई काँधमा राखेर उनीहरूलाई श्रेष्ठ देखाउने गम्भीर विरोधाभासहरू भएका छन् । विपक्षी गठबन्धनका नेताहरूसहित संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको बताएका थिए ।

तर उनले शेरबहादुर देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता लिने र विपक्षी गठबन्धनलाई धोका दिने कुनै सम्भावना नरहेको बताएका थिए । आइतवार प्रवक्ता ज्ञवालीले भने– एकता भनेको जोसँग जे पनि गर्न पाउने हो र ? उनले नेपाल पक्षका गतिविधि लक्षित गर्दै ती केही नेताका चाहना हुनसक्ने तर जनताका चाहनासँग मेल नखाइरहेको बताएका थिए । असार १६ गते बुधबार दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बस्ने निर्णय समेत भएको बताइएको छ । तर सर्वोच्च अदालतको २७ जेठमा एक अन्तरिम आदेशमार्फत् दशौँ महाधिवेशन आयोजक कमिटीको निर्णयलाई वैधता दिन नसकिने निर्णय गरेको थियो । सो क्रममा पार्टीले हटाएका कर्णाली प्रदेशका चार एमाले सांसद समेत पुनर्बहाली भएका थिए । तर प्रवक्ता ज्ञवालीले उक्त आदेशलाई ’गम्भीर त्रुटिपूर्ण’ बताउँदै त्यसमा दलहरूको आन्तरिक प्रबन्धलाई बेवास्ता गरिएको बताए ।

उनले थपे– कानूनभन्दा बाहिर गरिएको फैसलाबारे समेत महाधिवेशन कमिटीले आवश्यक निर्णयहरू गर्नेछ । आफूहरू प्रणाली रक्षाका लागि अन्तरिम आदेश खारेजीको माग अर्थात् भ्याकेटमा गएको भन्दै उक्त विषयलाई एमालेलाई परेको समस्या भनेर खुच्चिङ नगर्न एमाले प्रवक्ता ज्ञवालीको आग्रह थियो । फ्लोर क्रस गर्दा पनि कारबाही हुँदैन भने के यो देशमा दलीय प्रणाली टिक्छ ? सो बैठकमा कोभिड महामारी र प्राकृतिक विपत्तिबारे समेत छलफल भएको भनिए पनि त्यसबारे पार्टी प्रवक्ता ज्ञवालीले केही बताएनन् ।