अमेरिकामा कुल संक्रमितमध्ये ६ लाख १९ हजार ४२४ जनाको मृत्यु

अमेरिकामा कुल संक्रमितमध्ये ६ लाख १९ हजार ४२४ जनाको मृत्यु तरुण खबर १४ असार २०७८, सोमबार ११:२४
अमेरिकामा कुल संक्रमितमध्ये ६ लाख १९ हजार ४२४ जनाको मृत्यु

काठमाडौं । अमेरिकामा पुष १४ गते मंगलबार १० लाख ५६ हजार २५५ जनाको नमुना परीक्षण गर्दा १ लाख ७९ हजार ८३० जना कोरोनाभाइरसका संक्रमित देखिएका थिए । २०७८ साल असार ४ गते शुक्रबार ८ लाख २९ हजार ४४६ जनाको नमुना परीक्षण गर्दा १३ हजार ३८९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । अमेरिकामा आएको यो उतारचढाब विश्वका प्रायः मुलुकहरुको अबस्था भिन्न देखिन्न ।

अमेरिकामा पछिल्लो २४ घण्टा (२७, जुन) मा अर्थात २०७८ साल असार १३ गते आइतबार ३ लाख २७ हजार १५७ जनाको नमुना परीक्षण गर्दा ४ हजार ७४० जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २६, जुनमा ४ लाख ५१ हजार २८२ जनाको नमुना परीक्षण गर्दा ६ हजार ५८६ जना मात्र कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२७, जुन) मा कोरोना भाइरसको संक्रमणबाट ९३ जनाको मृत्यु भएको छ । २६, जुनमा कोरोना भाइरसको संक्रमणबाट १४९ जना व्यक्तिको मृत्यु भएको थियो ।

अमेरिकामा असार १४ गते सोमबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४४ लाख ९६ हजार ६७७ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड ८९ लाख २७ हजार ३३५ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असार १४ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४९ लाख ४७ हजार ९१८ जना छन् ।

नेपाली समय अनुसार असार १४ गते सोमबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५० करोड ३७ लाख ८४ हजार ८३१ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १७ करोड २३ लाख ३५ हजार ५५० जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १७ करोड २३ लाख ३५ हजार ५५० जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असार १४ गते सोमबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख १९ हजार ४२४ जनाको मृत्यु भैसकेको छ ।

असार १४ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ करोड १८ लाख ६१ हजार २६८ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ लाख ३८ हजार ८१७ जना छन् ।