तरुण खबर
१७ असार २०७८, बिहीबार १०:२०
चिनियाँ राष्ट्रपति सि जिनपिङको समिक्षात्क मूल्यांकन
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको एक सय वर्ष पुगेको सन्दर्भमा उत्सव मनाइरहेको छ । सन् १९२१ मा स्थापना भएको चीनको कम्युनिस्ट पार्टी एउटा लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको थियो । सांघाइमा भएको पार्टीको पहिलो राष्ट्रिय सम्मेलन जस्ता ठाउँ पर्यटकका लागि “रेड टुरिज्म“ अन्तर्गत खोलिएको छ तर प्रोपोगाण्डालाई लिएर सबै खुसी भने छैनन् । तर चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार एउटा मन्तव्य दिने छन् ।
सी जिनपिङ प्रसासनमा चीन जापान सम्बन्ध चिसो बढेको थियो । दुवै देश बीच सेन्काकु टापु, जसलाई चीनले दिओयु भन्ने गरेको छ । यस मुद्दालाई लिएर जापानसँग विवाद जारी रहदै गर्दा चीनले नाभेम्बर २०१३ मा वायु रक्षा पहिचान क्षेत्र घोषणा ग¥यो । सि ले चीन–अमेरिका सम्बन्धलाई समसामयिक विश्वको विश्व महाशक्तिको नयाँ किसिमको सम्बन्ध बनाएका थिए । उनको प्रशासनमा रणनीतिक तथा आर्थिक वार्ता, जुन, १५ मार्च २००८ देखि २०१३ मार्चसम्म सत्तामा बसेका हु जिन्ताओको कालमा शुरु भएको थियो त्यसलाई निरन्तरता दिइयो । अमेरिका–चीन सम्बन्धमा उनले भने यदी चीन र अमेरिका एक अर्का विरुद्ध मोर्चा बन्दी गर्छन् भने त्यो दुवै देशको लागि विनाश हुनेछ भनेका थिए र भनिरेका छन् ।
संयुक्त राज्य अमेरिका दक्षिण चीन सागरमा चीनको कदमको आलोचक बनेको छ । २०१४ मा, चीनियाँ ह्याकरहरूले संयुक्त राज्य व्यक्तिगत व्यवस्थापन कार्यालयको कम्प्युटर प्रणालीमा आक्रमण गरी लगभग २२ मिलियन व्यक्तिगत रेकर्डको चोरी गरेका थिए । सि को शासनकालमा चीनले ४ खर्ब डलरको रसियासँग ग्यास सम्झौता गरेको छ । चीन रसियाको सबैभन्दा ठूलो व्यापार साझेदार समेत बन्यो । कोरोना भाइरसका कारण चीन फेरी विवादमा तानिएको छ । २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछी अमेरिकासँगको सम्बन्ध चिसिन थाल्यो, जो बाइडन आए पनि चीन–अमेरिकाको सम्बन्धमा सुधार आउँन सकेको छैन । २०१८ मा, अमेरिका र चीनले एक अर्का विरुद्ध व्यापार युद्धको सुरुवात गरिरहेका छन् ।
यता, चीनमा कैयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र हालैका साताहरूमा पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा कार्यक्रमहरूलाई प्राथमिकतासाथ स्थान दिइएको छ । हङकङले पनि उही मितिमा गरेको हस्तान्तरणको वर्षगाँठ मनाउँदैछ ।
चीनले वर्षगाँठको तयारी कसरी गरेको छ ?
गत सोमबार बेइजिङस्थित बर्डस् नेष्ट रङ्गशालामा द ग्रेट जर्नी नाम दिइएको कला देखाइएको थियो । उक्त प्रदर्शनमा कलाकारहरूले पार्टी र देशको इतिहास झल्काउने खालका पहिरन लगाएका थिए । साजसज्जा पनि त्यस्तै खालको थियो । तर कल्चरल रिभोलुसन अर्थात् सांस्कृतिक क्रान्ति, १९८९ तियानआनमेन स्क्वाएर प्रदर्शन र हङकङका प्रजातन्त्र समर्थकको प्रदर्शनहरू जस्ता महत्वपूर्ण कार्यक्रमहरू भने नरहेको एएफपी समाचार संस्थाले जनाएको छ । एप्रिलयता, चीनमा प्रोपोगाण्डा चलचित्रहरू देखाउन निर्देशन दिइएको छ । “रेड फिल्मस्“ भनिने ती चलचित्र सातामा कम्तीमा दुईपटक देखाइन्छ ।
यसैबीच, वार्षिकोत्सव मनाउन वर्षैभरि प्रसारणका लागि १०० टेलिभिजन कार्यक्रमहरूको मितिहरू तय भइसकेको छ । चीनको उपलब्धिहरूको प्रशंसा गर्ने सत प्रतिशत भनिने गीत पनि सार्वजनिक गरिएको छ, जसमा १०० जना गायकहरू रहेका छन् । “रेड टुरिजम्“ पनि निकै लोकप्रिय भएको छ । सीट्रिपजस्ता ट्राभल कम्पनीहरूले “रेड पिल्ग्रिम्स“ का लागि १ सय नौला मार्गहरू सार्वजनिक गरेका छन् ।
वार्षिकोत्सव किन महत्वपूर्ण छ ?
विज्ञहरूका अनुसार पार्टी र देशको इतिहासलाई प्राथमिकता दिएर उत्सवहरू मनाइरहँदा, सीसीपीले चीनको तीव्र विकासलाई पनि पर्यायका रूपमा देखाउन खोजेको देखिन्छ । १०० वर्षको उत्सव “स्पष्ट रुपमा पार्टीका लागि एउटा महत्त्वपूर्ण क्षण हो र तामझामसँग पूरा योजना पनि गरिएको छ– द इकोनोमिष्ट इन्टेलिजेन्सका पत्रकारले बीबीसीसँग भनेको भनी अनलाइन सेवामा उल्लेख गरिएको छ ।
हङकङबारे के छ ?
बिहीवार नै ब्रिटिश उपनिवेश चिनियाँ शासकलाई हस्तान्तरण गरिएको २४औँ वर्षगाँठ पनि हो । हङकङमा धेरैजसो उत्सवहरू हुने भए पनि हालैका वर्षमा उक्त मितिमा त्यहाँ बेइजिङ विरोधी प्रदर्शनहरू हुने गरेका छन् । तर गत वर्ष विवादास्पद राष्ट्रिय सुरक्षा कानुन ल्याइएपछि भने विरोधी आवाजहरूलाई बन्द गरिएको छ । हङकङ प्रहरीले कोरोनाभाइरसका कारण लगाइएको प्रतिबन्ध भन्दै ¥याली आयोजना गर्न अनुमति दिन अस्वीकार गर्ने आयोजकहरू बताउँछन् ।


