तरुण खबर
१७ असार २०७८, बिहीबार १०:२७
३०, जुनमा ७ लाख ७७ हजार बढीको परीक्षण, १४ हजार १९७ जना संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (३०, जुन)मा ७ लाख ७७ हजार ४७३ जनाको नमुना परीक्षण गर्दा १४ हजार १९७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २९, जुनमा ४ लाख ५२ हजार ९६९ जनाको नमुना परीक्षण गर्दा १३ हजार २१४ जना कोरोना भइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (३०, जुन) मा कोरोनाभाइरसको संक्रमणबाट २४९ जनाको मृत्यु भएको छ । २९, जुनमा कोरोनाभाइरसको संक्रमणबाट ३२१ जनाको मृत्यु भएको थियो ।
अमेरिकामा असार १७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४५ लाख ४० हजार ८४५ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बिहीबार बिहान ७.३० बजेसम्ममा २ करोड ९० लाख २६ हजार ६८८ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असार १७ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४८ लाख ९३ हजार ९०८ जना छन् ।
नेपाली समय अनुसार असार १७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५० करोड ६१ लाख ५९ हजार १२८ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १७ करोड ४७ लाख ९ हजार ८४७ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १७ करोड ४७ लाख ९ हजार २८१ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असार १७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २० हजार २४९ जनाको मृत्यु भैसकेको छ ।
असार १७ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ करोड २९ लाख ७७ हजार २५५ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ लाख ६२ हजार ८२४ जना छन् ।


