भारतमा करीब ४ लाख मान्छेले संक्रमणबाट ज्यान गुमाए

भारतमा करीब ४ लाख मान्छेले संक्रमणबाट ज्यान गुमाए तरुण खबर १७ असार २०७८, बिहीबार १०:२९
भारतमा करीब ४ लाख मान्छेले संक्रमणबाट ज्यान गुमाए

३०, जूनमा भारतमा ४८ हजार ८७८ जनाभन्दा बढी संक्रमित
काठमाडौं । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (३०, जुन) मा १९ लाख ६० हजार ७५७ जनाको नमुना परीक्षण गर्दा ४८ हजार ८७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २९, जुनमा १७ लाख ६८ हजार ८ जनाको नमुना परीक्षण गर्दा ४५ हजार ६९९ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (३०, जुन) मा कोरोनाभाइरसको संक्रमणबाट ९९१ जनाको निधन भएको छ । २९, जुनमा कोरोनाभाइरसको संक्रमणबाट ८१६ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असार १७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ४ लाख १० हजार ५७७ जना छन् । भारतमा २ करोड ९४ लाख ८१ हजार ५२२ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख २९ हजार ५८० जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (बुधबार) मा ६० हजार २५ जना कोरोना मुक्त भएका छन् । असार १७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ९९ हजार ४७५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।