तरुण खबर
२० असार २०७८, आईतवार १२:०३
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (३, जुलाई) मा २ लाख ५५ हजार २९१ जनाको नमुना परीक्षण गर्दा ७ हजार ९७८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २, जुलाईमा ७ लाख ४१ हजार ९७३ जनाको नमुना परीक्षण गर्दा १८ हजार ३९९ जना कोरोना भाइरसको संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (३, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ । २, जुलाईमा कोरोना भाइरसको संक्रमणबाट ३२२ जनाको मृत्यु भएको थियो ।
अमेरिकामा असार २० गते आइतबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४५ लाख ८८ हजार १७६ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये आइतबार बिहान ७.३० बजेसम्ममा २ करोड ९० लाख ८७ हजार ४२१ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असार २० गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४८ लाख ७९ हजार ५ सय जना छन् ।
नेपाली समय अनुसार असार २० गते आइतबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५० करोड ७६ लाख १ हजार ८७६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १७ करोड ६१ लाख ५२ हजार ५९५ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १७ करोड ६१ लाख ५२ हजार ५९५ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असार २० गते आइतबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २१ हजार २५५ जनाको मृत्यु भैसकेको छ ।
असार २० गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ करोड ४२ लाख १५ हजार ५९० जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ लाख ८६ हजार ८९५ जना छन् ।


