भारतामा देखिएको डेल्टा भेरियन्ट करीब सय देशमा फैलियो

भारतामा देखिएको डेल्टा भेरियन्ट करीब सय देशमा फैलियो तरुण खबर २० असार २०७८, आईतवार १२:०६
भारतामा देखिएको डेल्टा भेरियन्ट करीब सय देशमा फैलियो

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) का महानिर्देशक टेड्रोस अदहानोम गेब्रेयेसले कोविड–१९ महामारी डेल्टा भेरियन्ट खतरनाक रहेको बताएका छन् । विश्वभरका देशमध्ये करीब ९८ देशमा डेल्टा भेरियन्ट पाइएको जानकारी दिदै डेल्टा भेरियन्ट द्रुत गतिमा फैलिरहेको बताएका छन् । डब्ल्यूएचओका महानिर्देशकले भनेका छन्– सकेसम्म घरबाट बाहिर ननिश्कनुस्, निश्कनै परे मास्क लगानुस्, भौतिक दूरी कायम राख्नुस्, भीडभाडबाट जोगिनुस् र दोहोरो हावा चल्ने घरमा बस्नुस् भनी उनले सुझाव दिएका छन् । भारतमा कोरोनाको तेस्रो लहर असोज–कत्तिकमा उच्च विन्दुमा पुग्ने बताइएको छ । तर खोप लगाइयो भने संक्रमण दर कम हुन सक्ने बताइएको छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (३, जुलाई) मा २१ लाख ६४ हजार ९४३ जनाको नमुना परीक्षण गर्दा ४३ हजार २९६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २, जुलाईमा २२ लाख ३० हजार २६ जनाको नमुना परीक्षण गर्दा ४७ हजार २५२ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (३, जुलाई) मा कोरोना भाइरसको संक्रमणबाट ९४७ जनाको निधन भएको छ । २, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ७९७ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असार २० गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ५ लाख ४४ हजार ४८५ जना छन् । भारतमा २ करोड ९६ लाख ५० हजार १६९ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ९२ हजार ३०१ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (शनिबार) मा ५२ हजार ४३१ जना कोरोना मुक्त भएका छन् । असार २० गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख २ हजार १५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।