तरुण खबर
२१ असार २०७८, सोमबार ०९:२४
काठमाडौं । नेपाली काँग्रेस क्रियाशील सदस्यता छानवीन समितिले प्रदीप पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ । केन्द्रीय कृयाशिल सदस्यता छानवीन समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै पौडेललाई प्रवक्ता तोकीएको बताएको छ । छानबीन समितिको आधिकारीक धारणा सार्वजनिक गर्न पौडेललाई प्रवक्ता तोकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रमेश लेखक संयोजक रहेको छानबिन समितिमा पौडेलसहित केन्द्रीय समितिका सदस्य आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ, योगेन्द्र चौधरीलगायत सदस्य रहेका छन् । प्रदीप पौडेल २०४६ सालको जनआन्दोलनका क्रममा जेल पर्दा उनी १४ वर्षका थिए । २०५३ सालमा अमृत साइन्सको स्ववियू सभापति बनेका प्रदीप पौडेल नेविसंघको महामन्त्री, उपाध्यक्ष हुँदै २०६४ सालमा नेवि संघको सभापति बनेका थिए ।


