तरुण खबर
२१ असार २०७८, सोमबार ०९:३१
काठमाडौं । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (४, जुलाई) मा १८ लाख ३८ हजार ४९० जनाको नमुना परीक्षण गर्दा ४० हजार ३८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ३, जुलाईमा २१ लाख ६४ हजार ९४३ जनाको नमुना परीक्षण गर्दा ४३ हजार २९६ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (४, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको निधन भएको छ । ३, जुलाईमा कोरोना भाइरसको संक्रमणबाट ९४७ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार असार २१ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ५ लाख ८४ हजार ८७२ जना छन् । भारतमा २ करोड ९६ लाख ९२ हजार ९८६ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८९ हजार १२८ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (आइतबार) मा ४२ हजार ८१७ जना कोरोना मुक्त भएका छन् । असार २१ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख २ हजार ७५८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


