लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ तरुण खबर २२ असार २०७८, मंगलवार ०९:२३
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

सप्तरी । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ मल्हनियास्थित सीमा ईलाकाबाट असार २० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ बस्ने ३३ वर्षिय चोलाधर पोख्रेल र सप्तरी जिल्लाको सुरुङ्गा गाउँपालिका ९ बस्ने ३० वर्षिया रोमा विक छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईलेक्स डिसी १० बोतल, नाईट्राजेपाम ट्याब्लेट २० वटा, स्पास कोरभोम प्लस १ सय ४४ वटा र १ थान मोवाईल फेला पारेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोवाईलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । झापा प्रहरीका अनुसार झापा जिल्लाको बाह्रदशी गाउँपालिका २ स्थित मनकामना सामुदायिक वनबाट असार २० गते सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ बराबरको ७० क्यूफिट सालको काठसहित सोही जिल्लाको हल्दिवारी गाउँपालिका ५ बस्ने ३२ वर्षिय गोबा लिम्बुलाई पक्राउ गरेको छ । उक्त जंगलबाट काठ काटेर लैजाँदै गरेको अवस्थामा उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भागडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई बरामद सालको काठसहित आवश्यक कारवाहीको लागि मनकामना सामुदायिक बन कार्यालय झापामा बुझाईएको छ ।