विश्वमा कोरोना संक्रमणबाट ४० लाख ४८० जनाको मृत्यु

विश्वमा कोरोना संक्रमणबाट ४० लाख ४८० जनाको मृत्यु तरुण खबर २२ असार २०७८, मंगलवार ०९:२५
विश्वमा कोरोना संक्रमणबाट ४० लाख ४८० जनाको मृत्यु

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (५, जुलाई) मा २ लाख १२ हजार १७८ जनाको नमुना परीक्षण गर्दा ४ हजार ४०५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ४, जुलाईमा १ लाख ४६ हजार १७४ जनाको नमुना परीक्षण गर्दा ५ हजार ४ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (५, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । ४, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ४३ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा असार २२ गते मंगलबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४५ लाख ६८ हजार ३६१ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये मंगलबार बिहान ७.३० बजेसम्ममा २ करोड ९१ लाख ११ हजार ५८० जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असार २२ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४८ लाख ६५ हजार ४४६ जना छन् ।

नेपाली समय अनुसार असार २२ गते मंगलबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५० करोड ७९ लाख ६० हजार २२८ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १७ करोड ६५ लाख १० हजार ९४७ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १७ करोड ६५ लाख १० हजार ९४७ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असार २२ गते मंगलबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २१ हजार ३३५ जनाको मृत्यु भैसकेको छ ।

असार २२ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ करोड ४९ लाख २२ हजार ४१५ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख ४८० जना छन् ।