मलेसियामा देखिएको लांबडा भेरियन्ट अहिलेसम्म पाइएको भेरियन्टभन्दा खतरनाक

मलेसियामा देखिएको लांबडा भेरियन्ट अहिलेसम्म पाइएको भेरियन्टभन्दा खतरनाक तरुण खबर २४ असार २०७८, बिहीबार ०९:३५
मलेसियामा देखिएको लांबडा भेरियन्ट अहिलेसम्म पाइएको भेरियन्टभन्दा खतरनाक

काठमाडौं । कोरोनाको डेल्टा भेरियन्ट सबभन्दा पहिला भारत पाइएको थियो, अहिले एक सयभन्दा बढी देशमा फैलिसकेको छ । कोरोनाभाइरसको दोस्रो लहरले भारतलाई तवाह बनाएको थियो तर मलेसिया भेटिएको लाँबडा भेरियन्ट डेल्टा भेरियन्टभन्दा कयौं गुणा खतरनाक भएको विज्ञहरुले बताएको छ । मलेशिया देखिएको लाँबडा भेरियन्टबारे मलेसियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बितेका चार हप्ताभित्र ३० भन्दा बढी देशमा फैलिसकेको स्वास्थ्य क्षेत्रका विज्ञहरुले जानकारी दिउका छन् ।

लांबडा स्ट्रेन सबभन्दा पहिले पेरूमा देखिएको थियो । पेरू कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने देशहरुको सूचीमा पर्छ । दक्षिण अमेरिकी देश चिलीमा पनि लाँबडा भेरियन्ट देखिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले लाँबडा भेरियन्टबारे गम्भिर चिन्ता जनाएको छ । यो भेरियन्टले तिब्र गतिमा संक्रमण मात्र फैलाउँदैन एन्टिबडीलाई समेत प्रभावित पार्ने डब्ल्यूएचओले बताएको छ । बेलायतका विज्ञहरुका अनुसार लांवडा भेरियन्टले खोप लगाएका मानिसहरुमा समेत असर पार्न सक्ने बताइन्छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (७, जुलाई) मा १९ लाख ७ हजार २१६ जनाको नमुना परीक्षण गर्दा ४५ हजार १९६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ६, जुलाईमा १६ लाख ४७ हजार ४२४ जनाको नमुना परीक्षण गर्दा ४३ हजार ९५७ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (७, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ८१४ जनाको निधन भएको छ । ६, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ९३० जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असार २४ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ७ लाख ८ हजार ९२ जना छन् । भारतमा २ करोड ९८ लाख ३६ हजार ७० जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ६६ हजार ९६८ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (बुधबार) मा ४४ हजार १०३ जना कोरोना मुक्त भएका छन् । असार २४ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ५ हजार ५४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।