भारतमा कोरोना भाइरस विरुद्धको दोस्रो डोज खोप ६ प्रतिशतले मात्र लगाए

भारतमा कोरोना भाइरस विरुद्धको दोस्रो डोज खोप ६ प्रतिशतले मात्र लगाए तरुण खबर २५ असार २०७८, शुक्रबार १०:०७
भारतमा कोरोना भाइरस विरुद्धको दोस्रो डोज खोप ६ प्रतिशतले मात्र लगाए

काठमाडौं । भारतमा कोरोनाभाइरसको तेस्रो लहर असोजमा आउन सक्ने विज्ञहरले बताएका छन् । दोस्रो लहरमा देखिएको डेल्टा भेरिएन्टबाट जागिन फाइजर या एस्ट्रेजेनिका खोप कम प्रभावकारी हुने एक अनुसान्धानले देखाएको छ । नेचर जर्नलमा प्रकाशित अध्यायन अनुसार कोरोना डेल्टा भेरिएन्ट संक्रमित भएको छ भने उसको उसको शरीरमा एन्टिबडी बनाउन कोरोनाभाइरस विरुद्धको खोप कम प्रभावकारी हुने गर्छ । जुन व्यक्तिले फाइजर भ्याक्सिन या एस्ट्रेजेनिका दोस्रो डोज भ्याक्सिन लगाएको छ, उनीहरु सुरक्षित रहने बताइएको छ ।

त्यसैले डेल्टा भेरियन्टबाट सुरक्षित रहन फाइजर या एस्ट्रेजेनिका दोस्रो डोज भ्याक्सिन लगाउँन आवस्यक छ । विश्व स्वास्थ्य संगठनले भनेको छ– कोरोनाभाइरसको डेल्टा भेरियन्ट सबैभन्दा खतरनाक मानिएको छ । भारतमा कुल जनसंख्याको ६ प्रतिशतले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन दोस्रो डोज पनि लगाएका छन् । कोरोनाभाइरसको तेस्रो आउँने आशंकामा तिब्र गतिमा भ्याक्सिन लगाउँने काम भैरहेको छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (८, जुलाई) मा १८ लाख ९२ हजार ८ सय जनाको नमुना परीक्षण गर्दा ३४ हजार ४४३ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ७, जुलाईमा १९ लाख ७ हजार २१६ जनाको नमुना परीक्षण गर्दा ४५ हजार १९६ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (८, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ४७० जनाको निधन भएको छ । ७, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ८१४ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असार २५ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ७ लाख ४३ हजार १३ जना छन् । भारतमा २ करोड ९८ लाख ७१ हजार ८५० जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ६५ हजार ६३६ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (बिहीबार) मा ३५ हजार ३८५ जना कोरोना मुक्त भएका छन् । असार २५ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ५ हजार ५२७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।