दोस्रो पुस्ता काँग्रेसको नेतृत्व आउँन सक्ने महामन्त्री डा.शशांक दावी

दोस्रो पुस्ता काँग्रेसको नेतृत्व आउँन सक्ने महामन्त्री डा.शशांक दावी तरुण खबर २७ असार २०७८, आईतवार ०९:३०
दोस्रो पुस्ता काँग्रेसको नेतृत्व आउँन सक्ने महामन्त्री डा.शशांक दावी

काठमाडौं । तर्क पूर्ण ढंगले भनाई आए आपूm नेपाली काँग्रेसको सभापतिमा नउठ्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएको भोली पल्ट उनी नेपाली काँग्रेस क्रियाशील सदस्यता छानविन समितिको कार्यालयमा पुगेर क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन् । क्रियाशिल सदस्यता छानविन समितिले काम गरिरहेको तिलगंगा स्थित नेपाल भारत मैत्री धर्मशाला पुगेर नेता पौडेलले क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका थिए ।

छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील छानबिनका क्रममा अहिलेसम्म ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको र ५७ जिल्लाको नामावली छाप्ने कामसमेत सकिएको जानकारी दिए । १४औँ महाधिवेशनका लागि ७७ वटै जिल्लाबाट पुराना सदस्यको नवीकरण र नयाँ सदस्यता वितरण गरी साढे आठ लाखभन्दा धेरै सदस्यको नामावली केन्द्रीय कार्यालयमा सूचीकरण भएको छ ।

तीमध्ये करिब तीन सय वडामा अझै पनि विवाद छ । ती विवादको समाधान गरी छानबिन समितिले ३० असारभित्र क्रियाशील सदस्यको नामावली सभापति शेरबहादुर देउवासमक्ष बुझाइसक्नुपर्ने कार्यतालिका छ । नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानविन समितिले गरेको काम प्रशंसनिय भएको भन्दै निर्धारित समयमा नै टुंगो लगाउन निर्देशन दिएका थिए ।

क्रियाशील छानविन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४औं महाधिवेशन गराउन जिम्मा क्रियाशील सदस्यता छानविन समितिको काँधमा रहेको समेत बताएका थिए । पौडेलका अनुसार छानबिन समिति समक्ष विदेशबाट बाहेक नौ लाख २५ हजार जनाले क्रियाशील फाराम भरेका छन् । ६ हजार सात सय ४३ वटा मध्ये करिब दुई सय वटामा नयाँ क्रियाशिल वितरण सच्याउन माग गर्दै उजुरी दर्ता भएका छन् । समितिलाई असार २० गतेभित्र छानबिन सक्न भनिए पनि मसान्तसम्म लाग्ने प्रवक्ता पौडेलले भनेका छन् ।

त्यस्तै महामन्त्री डा.शशांक कोइरालाले म, विमलेन्द्र निधि र प्रकाशमान सिंह हामी तीन जनामध्ये एक जना मात्र सभापतिमा उठ्छौं भनेको कुराले काँग्रेसभित्रको राजनीतिमा तरंग पैदा भएको छ ।