तरुण खबर
२८ असार २०७८, सोमबार ०९:४२
काठमाडौं । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावितहरुलाई ५० हजारका दरले दिने घोषणा गरेका थिए । करीब चार–पाँच दिनअघिदेखि मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट ठूलो जनधनको क्षति भएको थियो । प्रधानमन्त्री ओलीले आपूmले निगाह गरेझै घोषणा गरेको रकम त कार्यविधिमै उल्लेख भएको पाइएको छ । प्रधानमन्त्रीले दिने भनिएको रकम मेलाम्ची खानेपानी आयोजनाले पाँच दिनअघि बैंकमार्फत पठाएको थियो ।
विपद व्यवस्थापन कार्यविधिका अनुसार विपद प्रभावितलाई ५० हजार, घर–जग्गा नै बाडीबाट बगाएकाहरुलाई ३ लाख र घर बनाउँन ५ लाख दिने उल्लेख छ । नेपाल बाढी, भूकम्प, आगलागी, शीतलहर, हिमताल बिस्फोट तथा हिम पहिरो जस्ता प्रकोपका घटनाहरूबाट उच्च सङ्कटासन्न अवस्थामा रहेको छ । यस अतिरिक्त मुलुक बर्ड प्mलु, महामारी, चट्याङ आदिको जोखिममा समेत रहेको छ । यस्ता प्राकृतिक तथा गैर प्राकृतिक घटनाका कारणहरूबाट नेपालले बर्सेनि नेपालले ठूलो जनधनको क्षति व्यहोर्नु परेको छ ।
विपद व्यवस्थापन कोष संचालन तथा व्यवस्थापन कार्यविधि, २०७४ मा (२२) राहत वितरण व्यवस्थापन सम्बन्धी क) विपद प्रभावित क्षेत्र रहेको सम्बन्धित वडाको सिफारिसमा विपद प्रभावितहरुलाई बुँदा नम्बर २१ (क) वर्गीकरणमा परेकाहरुलाई बढीमा ५ हजार सम्म उपलब्ध गराउने, ख) प्रभावित क्षेत्र रहेको सम्बन्धित वडाको सिफारिसमा विपद प्रभावितहरुलाई बुँदा नम्बर २१ (ख) वर्गीकरणमा परेकाहरुलाई प्रति परिवार ७ हजार सम्म उपलब्ध गराउने, ग) प्रभावित क्षेत्र रहेको सम्बन्धित वडाको सिफारिसमा विपद प्रभावितहरुलाई बुँदा नम्बर २१ (ग) वर्गीकरणमा परेकाहरुलाई देहाय बमोजिम राहत उपलव्ध गराउने, अ) परिवारका सदस्यहरु मृत्यु भएमा प्रति परिवार रु १५ हजार, घरवार विहिन भएका परिवारलाई प्रति परिवार रु १० हजार, अंगभङ्ग भएका परिवारलाई प्रति व्यक्ति ५ हजार रुपैयाँ दिने कार्यविधिमा उल्लेख छ ।
प्रधानमन्त्री ओली केही दिनअघि हेलम्बु गाउँपालिका र मेलम्ची नगपालिकाको निरीक्षणमा पुगेका थिए । प्रधानमन्त्री ओली पहिले हेलम्बु क्षेत्रको निरीक्षण गरेपछि मेलम्ची क्षेत्रमा गएका थिए । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर पनि गएका थिए । उनीसँग प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहेका थिए । हेलम्बु गाउँपालिका अध्यक्ष सहित अधिकांश वडा अध्यक्षहरुले उनलाई बहिस्कार गरेका थिए ।


