घरघर पु-याउँदै लस्कर फुड्सले खानेकुरा

घरघर पु-याउँदै लस्कर फुड्सले खानेकुरा तरुण खबर २८ असार २०७८, सोमबार ०९:४९
घरघर पु-याउँदै लस्कर फुड्सले खानेकुरा

काठमाडौं । अनलाइन डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाण्डौैैंमा आफ्नो सेवा सञ्चालन ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । लस्कर फुड्स कोरोना महामारीको बीच निस्केको एक प्लेटफर्म हो । भौतिक रुपमा मानिसहरु रेष्टुरेण्टमा उपस्थिति हुन नसक्ने हुँदा आफूले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पु-याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन वस्तीले भने– हामीले पहिलो चरणमा देशको राजधानी काठमाण्डौबाट सेवा सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरमै उपलब्ध गराउने लक्ष्य हाम्रो रहेको छ । काठमाण्डौं शहरका व्यक्तिहरु व्यस्त हुने भएकाले अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएको छ ।

यही कार्यव्यस्त जिन्दगीलाई मध्यनजर गर्दै घरघरमा गुणस्तरीय खानेकुरा पु-याएर आम ग्राहकलाई सहज, सरल तरिकाले लस्कर फुड्सले डेलिभरी गर्नेमा विश्वस्त रहेका प्रमुख कार्यकारी अधिकृत सुमन वस्ती भन्छन्– बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहेपनि लस्कर फुड्स तीबाट भिन्न रहेको छ । लस्कर फुड्सको काठमाण्डौंको विभिन्न ठाउँमा आफ्नै किचेन रहेको र क्षेत्रका आधार मापन गरी सञ्चालन भइरहेको वस्तीले जानकारी दिए । लस्कर फुड्स गत हप्तादेखि मात्रै सञ्चालनमा आएको र सयौंभन्दा बढी ग्राहकले मन पराइसकेको वस्तीको भनाई छ । प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने कम्पनीका निर्देशक मनिष सिंहले जानकारी दिएका छन् । ठमेल पकनाजोल स्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप) बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने सुमन वस्तीले जानकारी दिए ।