तरुण खबर
२८ असार २०७८, सोमबार ०९:५२
काठमाडौं । रूसको रुसी विज्ञान एकेडेमी (आरएएस) सदस्य सर्गेई नेत्सोवले रूसद्वारा निर्मित स्पुतनिक–वी डेल्टा भेरियन्टबाट ९० प्रतिशत सुरक्षित रहेको बताएका छन् । उनले भनेका छन्– मास्कोका गामालेया इन्ष्टिच्यूटका उप–निर्देशक डेनिस लोगुनोव, जसले स्पूतनिक–बी विकसित गरे, उनले भनेका छन् कि डेल्टा भेरियन्टका लागि पनि स्पुतनिक–बी प्रभावी रहेको छ । १४ करोड ५९ लाख ९८ हजार ५१६ जनसंख्या रहेको रुसले उत्पादन गरेको कोरोना विरुद्धको चार वटा खोपलाई स्वीकृति दिइसकेको छ ।
रुसमा २०७८, असार २८ गते बिहान ६ बजेसम्ममा ५७ लाख ८३ हजार ३३३ जना कोरोनाभाइरसका कुल संक्रमित छन्, संक्रमितमध्ये करीब १ लाख ४३ हजार २ जनाको मृत्यु भैसकेको छ । केही महीनाअघि भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक–भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ ।
डा.रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । तर अहिले त भारतमै स्पुतनिक–भी खोप उत्पादन भैरहेको छ । धेरै अघि कोरोना विरुद्धको स्पुतनिक–भी खोप उत्पादनका लागि रुसले स्वीकृति दिएको थियो ।
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (११, जुलाई) मा १८ लाख ४३ हजार ५ सय जनाको नमुना परीक्षण गर्दा ३७ हजार ६७६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । १०, जुलाईमा २० लाख २५ हजार ३६५ जनाको नमुना परीक्षण गर्दा ४१ हजार ४७५ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (११, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ७२० जनाको निधन भएको छ । १०, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ८९९ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार असार २८ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ८ लाख ७३ हजार ९०७ जना छन् । २०७८, असार २८ गतेसम्ममा भारतले ४३ करोड ८ लाख ८५ हजार ४७० जनको नमुना परीक्षण गरिसकेको छ । भारतमा ३ करोड ७ हजार २ सय जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ५७ हजार ९ सय १५ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (आइतबार) मा ३९ हजार ७१२ जना कोरोना मुक्त भएका छन् । असार २८ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ८ हजार ७९२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


