तरुण खबर
३० असार २०७८, बुधबार १०:०७
काठमाडौं । विश्व नै कोरोनाभाइरस विरुद्ध लडायी लडिरहेको छ । दुनियाँले कोशिस गरिरहेका छन् कि ज्यादाभन्दा ज्यादा मानिसलाई कोभिड–१९ विरुद्धको खोप लगाउँ । हरेका देशको यसैमा प्रयास जारी छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ खोप फरक–फरक नलगाउँन चेतावनी दिएको छ ।
हिजो सेमबार संगठनका मुख्य वैज्ञानिक डाक्टर सौम्या स्वामीनाथनले अलग–अलग कम्पनीको खोप नलगाउँन चेतावनी दिएका छन् । तर यसबाट हुने प्रभाव वा रियाक्सनबारे कुनै जानकारी भने दिएका छैनन् । उनले भने– अनुसन्धान हुँदै छ । अनलाइनमार्फत स्वामीनाथनले भने– दोस्रो डोज खोप अन्य कम्पनीको लगाउँदा खतरनाक अबस्था सिर्जना हुन सक्ने चेतावनी दिदै तर अहिलेसम्म कुनै तथ्य नआएको बताए ।
अलग–अलग कम्पनीको खोप लगाउँदा इम्यून बढ़ाउने भ्रम छ डब्ल्यूएओले भनेको छ । फाइजर, एष्ट्रेजेनिका, जोनसन एण्ड जोनसन र स्पूतनिक सबै खोपको अन्तर छ अर्थात सबै खोप समान छैनन् ।
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१३, जुलाई) मा १७ लाख ४० हजार ३२५ जनाको नमुना परीक्षण गर्दा ४० हजार २१५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । १२, जुलाईमा १४ लाख ३२ हजार ३४३ जनाको नमुना परीक्षण गर्दा ३० हजार ८२७ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (१३, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ६२३ जनाको निधन भएको छ । त्यस्तै, १२, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ५४६ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार असार ३० गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ९ लाख ४४ हजार ९४९ जना छन् । २०७८, असार ३० गतेसम्ममा भारतले ४३ करोड ४० लाख ५८ हजार १३८ जनाको नमुना परीक्षण गरिसकेको छ । भारतमा ३ करोड ९७ हजार ९६ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ३६ हजार ४ सय १४ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (मंगलबार) मा ४० हजार ९६६ जना कोरोना मुक्त भएका छन् । असार ३० गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ११ हजार ४३९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


