अमेरिकामा कुल संक्रमितको संख्या ३ करोड ४८ लाख ४८ हजार माथि

अमेरिकामा कुल संक्रमितको संख्या ३ करोड ४८ लाख ४८ हजार माथि तरुण खबर ३१ असार २०७८, बिहीबार ०९:३८
अमेरिकामा कुल संक्रमितको संख्या ३ करोड ४८ लाख ४८ हजार माथि

काठमाडौं । अमेरिकी सरकारले हिजो बुधवार भनेको छ– अघिल्लो वर्ष कोविड–१९ महामारीकै बीच अत्याधिक मादक पदार्थ सेवनका कारण ९३ हजार जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य अनुसन्धानकर्ता ब्राण्डन मार्शलका अनुसार अत्याधिक मादक पदार्थका कारण यति धेरै मानिसको मृत्यु भएको छ । अमेरिकामा पछिल्लो २४ घण्टा (१४, जुलाई) मा १५ लाख ३ हजार १९३ जनाको नमुना परीक्षण गर्दा ३५ हजार ४४७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । १३, जुलाईमा १२ लाख ५४ हजार ८६ जनाको नमुना परीक्षण गर्दा ३१ हजार ९९ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । यस्तै, पछिल्लो २४ घण्टा (१४, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ३७४ जनाको मृत्यु भएको छ । १३, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ११७१ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा असार ३१ गते बिहीबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४८ लाख ४८ हजार ६८ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बिहीबार बिहान ७.३० बजेसम्ममा २ करोड ९३ लाख २४ हजार ३ सय जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असार ३१ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४८ लाख ९९ हजार ९३० जना छन् ।

नेपाली समय अनुसार असार ३१ गते बिहीबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५१ करोड ४५ लाख ६२ हजार ८०६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १८ करोड ३१ लाख १३ हजार ५२५ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १८ करोड ३१ लाख १३ हजार ५२५ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असार ३१ गते बिहीबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २३ हजार ८३८ जनाको मृत्यु भैसकेको छ ।

असार ३१ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ करोड ९१ लाख ३८ हजार ६७५ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख ७४ हजार ७७ जना छन् ।