अमेरिकामा कुल संक्रमितमध्ये ६ लाख २४ हजार २१४ जनाको मृत्यु

तरुण खबर १ श्रावण २०७८, शुक्रबार ११:०१
अमेरिकामा कुल संक्रमितमध्ये ६ लाख २४ हजार २१४ जनाको मृत्यु

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१५, जुलाई) मा ६ लाख ४९ हजार २२० जनाको नमुुना परीक्षण गर्दा ३६ हजार ६७४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । १४, जुलाईमा १५ लाख ३ हजार १९३ जनाको नमुना परीक्षण गर्दा ३५ हजार ९९० जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । यस्तै, पछिल्लो २४ घण्टा (१५, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ३४४ जनाको मृत्युभएको छ । १४, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ३७७ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा साउन १ गते बिहीबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४८ लाख ८७ हजार १५५ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बिहीबार बिहान ७.३० बजेसम्ममा २ करोड ९३ लाख ४१ हजार ९ सय १३ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार साउन १ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४८ लाख २१ हजार २८ जना छन् ।

नेपाली समय अनुसार साउन १ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५१ करोड ५२ लाख १२ हजार २६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १८ करोड ३७ लाख ६२ हजार ७४५ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १८ करोड ३७ लाख ६२ हजार ७४५ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट साउन १ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २४ हजार २१४ जनाको मृत्यु भैसकेको छ ।

साउन १ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ करोड ९७ लाख ९४८ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख ८२ हजार ६२३ जना छन् ।