भारत संक्रमणको तेस्रो लहरबाट तयारी साथ सचेत

भारत संक्रमणको तेस्रो लहरबाट तयारी साथ सचेत तरुण खबर २ श्रावण २०७८, शनिबार १०:०१
भारत संक्रमणको तेस्रो लहरबाट तयारी साथ सचेत

काठमाडौं । भारतको नीति आयोग (स्वास्थ्य) का सदस्य वीके पालले शुक्रबार विश्व स्वास्थ्य संगठनद्वारा हालै जारी कोभिड–१९ महामारीको तेस्रो लहरबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ध्यान केन्द्रीत गर्न आग्रह गरेका छन् । डब्ल्यूएचओले उत्तर र दक्षिण अमेरिकी क्षेत्र छाड्ने हो भने अन्य सबै क्षेत्रमा कोरोनाभाइरसको तेस्रो लहर शुरु भैसकेको छ । डा. पालले केन्द्रीय स्वास्थ्य मन्त्रालयको प्रेससँग भने– भारतीय प्रधानमन्त्री मोदीले कोरोनाभाइरसको तेस्रो लहरमा कमभन्दा कम संक्रमित गराउँन निर्देशन दिएका थिए ।

स्पेनमा कोरोनाभाइरसको संक्रमण साप्ताहिक रुपमा ६४ प्रतिशतले बृद्धि भएको छ भने थाईल्याण्डमा लामो समयदेखि स्थिर रहेको कोरोनाभाइरसको संक्रमण केही दिनदेखि संक्रमण तिब्र गतिले फैलिएको छ । । अफ्रिकी मुलुकहरुमा कोभिड–१९ ५० प्रतिशतले बृद्धि भएको छ । म्यान्मार, मलेशिया, इण्डोनेशिया, बांग्लादेशमा पनि अभूूतपूर्व कोरोनाभाइरसको संक्रमण फैलिदै गएको छ । डा.पालले भने– आगामी एक सय दिन हाम्रा लागि महत्वपूर्ण छ । भारतको कुुल जनसंख्याको हामीले ५० प्रतिशत जनतालाई खोप लगाउँन सक्यौं भने कोरोनाभारसको संक्रमण दर, फैलाउन सक्ने दर पनि पक्कै कम हुन्छ डा. पालले सञ्चार माध्यमसँग भनेका थिए ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१६, जुलाई) मा २० लाख ११ हजार २८१ जनाको नमुना परीक्षण गर्दा ३८ हजार ११२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टा (१६, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ५६० जनाको निधन भएको छ । १५, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ५४४ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार साउन २ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १० लाख ६३ हजार ९८७ जना छन् । २०७८, साउन २ गतेसम्ममा भारतले ४४ करोड २३ हजार २३९ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन २ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड २ लाख २० हजार १८३ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ३० हजार ६८१ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (शुक्रबार) मा ४३ हजार ८७७ जना कोरोना मुक्त भएका छन् । साउन २ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख १३ हजार १२३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।