तरुण खबर
३ श्रावण २०७८, आईतवार १२:३६
काठमाडौं । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१७, जुलाई) मा १९ लाख ९८ हजार ७१५ जनाको नमुना परीक्षण गर्दा ४१ हजार २८३ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । १६, जुलाईमा २० लाख ११ हजार २८१ जनाको नमुना परीक्षण गर्दा ३८ हजार ११२ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (१७, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ५१७ जनाको निधन भएको छ । १६, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ५६० जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार साउन ३ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ११ लाख ५ हजार २७० जना छन् । २०७८, साउन ३ गतेसम्ममा भारतले ४४ करोड २० लाख २१ हजार ९५४ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन ३ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड २ लाख ६२ हजार २३३ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २९ हजार ३९७ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (शनिबार) मा ४२ हजार ५० जना कोरोना मुक्त भएका छन् । साउन ३ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख १३ हजार ६४० जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


