भारतले ४४ करोड ३९ लाख ५८ हजारभन्दा बढीको परीक्षण ग-यो

भारतले ४४ करोड ३९ लाख ५८ हजारभन्दा बढीको परीक्षण ग-यो तरुण खबर ४ श्रावण २०७८, सोमबार ०९:३८
भारतले ४४ करोड ३९ लाख ५८ हजारभन्दा बढीको परीक्षण ग-यो

काठमाडौं । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१८, जुलाई) मा १९ लाख ३६ हजार ७०९ जनाको नमुना परीक्षण गर्दा ३८ हजार ३२५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । १७, जुलाईमा १९ लाख ९८ हजार ७१५ जनाको नमुना परीक्षण गर्दा ४१ हजार २८३ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (१८, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ५०१ जनाको निधन भएको छ । १७, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ५१७ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार साउन ४ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ११ लाख ४३ हजार ५९५ जना छन् । २०७८, साउन ४ गतेसम्ममा भारतले ४४ करोड ३९ लाख ५८ हजार ६६३ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन ४ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ३ लाख ७६२ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २८ हजार ६९२ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (आइतबार) मा ३८ हजार ५२९ जना कोरोना मुक्त भएका छन् । साउन ४ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख १४ हजार १४१ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।