विश्वभरका संक्रमितमध्ये करीब ४१ लाखको मृत्यु

विश्वभरका संक्रमितमध्ये करीब ४१ लाखको मृत्यु तरुण खबर ४ श्रावण २०७८, सोमबार ०९:४०
विश्वभरका संक्रमितमध्ये करीब ४१ लाखको मृत्यु

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१८, जुलाई) मा २ लाख ९ हजार ९१७ हजारको नमुना परीक्षण गर्दा ९ हजार ५१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १७, जुलाईमा २ लाख १२ हजार ८६० जनाको नमुना परीक्षण गर्दा २३ हजार ७०८ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । यस्तै, पछिल्लो २४ घण्टा (१८, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ३१ जनाको मृत्युभएको छ । १७, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ११३ जनाको मृत्युभएको थियो ।

अमेरिकामा साउन ४ गते सोमबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४९ लाख ६३ हजार ९०७ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड ९३ लाख ७६ हजार ५ सय ९० जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार साउन ४ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४९ लाख ६२ हजार ५७१ जना छन् ।

नेपाली समय अनुसार साउन ४ गते सोमबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५१ करोड ६४ लाख ८७ हजार ५७९ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १८ करोड ५० लाख ३८ हजार २९८ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १८ करोड ५० लाख ३८ हजार २९८ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट साउन ४ गते सोमबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २४ हजार ७४६ जनाको मृत्यु भैसकेको छ ।

साउन ४ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड १२ लाख १६ हजार ६०८ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ५ हजार ७१३ जना छन् ।