अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् मुम्बईबाट पक्राउँ

तरुण खबर ५ श्रावण २०७८, मंगलवार १०:४५
अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् मुम्बईबाट पक्राउँ

काठमाडौं । बलीवुड अभिनेत्री शिल्पा शेट्टीका श्रीमन् राज कुन्द्रालाई भारतीय प्रहरी क्राइम ब्यूरोद्वारा गिरफ्तार गरिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । उनी ठूलै व्यापारी हुन् । राज कुन्द्रामाथि अश्लील फिल्म बनाएको अभियोगमा गिरफ्तार गरिएको हो । मुम्बई पुलिस कमिश्नरका अनुसार उनी लगायत ११ जनालाई पोर्नोग्राफी फिल्म बनाएकोमा भारतीय प्रहरीले गिरफ्तार गरेको हो ।

बलिउडकी एक समयकी चर्चित अभिनेत्री शिल्पा शेट्टी कुन्द्रा लामो समयदेखि चलचित्रबाट टाढा भएकी थिइन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार १२ वर्षको अन्तरालपछि शिल्पा चलचित्र क्षेत्रमा पुनः प्रवेश गरेकी थिइन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका कारण भारतीय व्यवसायी राज कुन्द्राकी पहिलो पत्नी कविताले सम्बन्धविच्छेद गरेकी हुन् ।

शिल्पासँग कुन्द्रा नजिकिएपछि कविताले आफै सम्बन्धविच्छेद गरेकी थिइन् । कवितासँग सम्बन्धविच्छेद भएपछि कुन्द्राले शिल्पासँग विवाह गरेका थिए । शिल्पा र राजका एक छोरा र छोरी छन् । उनीहरूले छोरीको नाम शमिशा शेट्टी कुन्द्रा राखेका छन् भने छोराको नाम भियान कुन्द्रा ।