भारतको केरलामा तेस्रो लहरको संकेत, एक सातादेखि दैनिक १० हजार संक्रमित

तरुण खबर ५ श्रावण २०७८, मंगलवार १०:४७
भारतको केरलामा तेस्रो लहरको संकेत, एक सातादेखि दैनिक १० हजार संक्रमित

१९, जूलाईमा भारतमा २९ हजार ४२४ जनाभन्दा बढी संक्रमित
काठमाडौं । भारतको केरलामा फेरी कोरोना भाइरसको महामारीको केन्द्र बन्न पुगेको छ । केरला एक सातादेखि दैनिक १० हजार संक्रमित थपिदै आएका छन् । हिजो सोमबार केरलामा ९ हजार ९३१ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । भारतको केरलामा मात्र ३१ लाख ७० हजार ८६८ जना कुल संक्रमित छन् ।

त्यहाँ कोरोनाभाइरसको संक्रमण दर ११.८ प्रतिशतले बढेको छ । यसअघि संक्रमणको दर १० प्रतिशत मात्र थियो । सोमबार ५८ जनाको निधन भएको छ भने केरलामा कोरोनाभाइरसको संक्रमणबाट १५ हजार ४०८ जनाको निधन भैसकेको छ । कोरोनाभाइरसको संक्रमण निको हुने राष्ट्रिय दर ९७.३२ प्रतिशत छ भने कुल संक्रमितमध्ये १.३५ प्रतिशतभन्दा बढी निधन भएको छ । भारतले २६ करोड १२ हजार ३५२ जनाभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेको छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१९, जुलाई) मा १४ लाख ६३ हजार ५९३ जनाको नमुना परीक्षण गर्दा २९ हजार ४२४ जना कोरोनाभाइरसको संक्रमित थपिएका छन् । १८, जुलाईमा १९ लाख ३६ हजार ७०९ जनाको नमुना परीक्षण गर्दा ३८ हजार ३२५ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (१९, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ३७२ जनाको निधन भएको छ । १८, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ५०१ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार साउन ५ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ११ लाख ७३ हजार १९ जना छन् । २०७८, साउन ५ गतेसम्ममा भारतले ४४ करोड ५४ लाख २२ हजार २५६ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन ५ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ३ लाख ४६ हजार १३१ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख १२ हजार ३७५ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (सोमबार) मा ४५ हजार ३६९ जना कोरोना मुक्त भएका छन् । साउन ५ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख १४ हजार ५१३ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।