अमेरिकामा संक्रमणबाट निको हुनेको संख्या २ करोड ९४ लाखभन्दा बढी

तरुण खबर ६ श्रावण २०७८, बुधबार ०९:५२
अमेरिकामा संक्रमणबाट निको हुनेको संख्या २ करोड ९४ लाखभन्दा बढी

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२०, जुलाई) मा ८ लाख ३६ हजार ६३८ जनाको नमुना परीक्षण गर्दा ४४ हजार २१ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । १९, जुलाईमा १३ लाख ३३ हजार ८५८ जनाको नमुना परीक्षण गर्दा ३२ हजार ९०१ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । यस्तै, पछिल्लो २४ घण्टा (२०, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट २५६ जनाको मृत्यु भएको छ । १९, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट १३८ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा साउन ६ गते बुधबार बिहान ७ बजेसम्ममा ३ करोड ५० लाख ८१ हजार ५०८ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बुधबार बिहान ७.३० बजेसम्ममा २ करोड ९४ लाख ३४ हजार ५ सय ५५ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार साउन ६ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५० लाख २१ हजार ६६२ जना छन् ।

नेपाली समय अनुसार साउन ६ गते बुधबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ५१ करोड ८६ लाख ५८ हजार ७५ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १८ करोड ७२ लाख ८ हजार ७९४ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १८ करोड ७२ लाख ८ हजार ७९४ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट साउन ६ गते बुधबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २५ हजार २९१ जनाको मृत्यु भैसकेको छ ।

साउन ६ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड २२ लाख १७ हजार ९९९ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ३३ हजार १४७ जना छन् ।