संक्रमणबाट मर्नेमा भारतको नाम तेस्रो नम्बरमा

तरुण खबर ६ श्रावण २०७८, बुधबार ०९:५५
संक्रमणबाट मर्नेमा भारतको नाम तेस्रो नम्बरमा

काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाभइरसको संक्रमणबाट निधन भएको दावी गरेको भन्दा १० गुना बढी संक्रमित भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । एक अमेरिकी रिसर्च ग्रुपको रिपोर्टका अनुसार २०७८, साउन ६ गते बुधबार बिहान ६.०० बजेसम्ममा भारतमा ४ लाख १८ हजार ५११ जनाको कोरोनाभाइरसको संक्रमणबाट निधन भैसकेको छ । अमेरिकापछि मृतकहरुको सूचीमा भारत तेस्रो नम्बरमा छ । भारतभन्दा अगाडी अमेरिका र ब्राजिल छन् । अमेरिकामा ३ करोड ५० लाख ७८ हजार २४३ जना कुल कोरोनाभाइरसका संक्रमितमध्ये संक्रमणबाट ६ लाख २५ हजार २५५ जना व्यक्तिको मृत्यु भएको छ ।

अमेरिको कुल जनसंख्या करीब ३३ करोड १४ लाख ४९ हजार २८१ छ । १ करोड ९४ लाख १९ हजार ७४१ जना कुल कोरोना संक्रमित भएको ब्राजीलमा ५ लाख ४४ हजार ३०२ जना व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । लेखन र अनुसन्धानमा भारतका प्रमुख आर्थिक सलाहकार अरविन्द सुब्रमण्यन स्वामी पनि संलग्न थिए । १४ करोड ६० लाख २२० जनसंख्या भएको रुसमा कोरोनाभाइरसको संक्रमणबाट करीब १ लाख ४९ हजार ९२२ जनाको ज्यान गैसकेको छ । ६ करोड ५४ लाख २५ हजार २४१ जनसंख्या भएको फ्रान्समा कोरोनाभाइरसको संक्रमणबाट १ लाख ११ हजार ५२५ जनाको मृत्यु भएको छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२०, जुलाई) मा १९ लाख १८ हजार ८७७ जनाको नमुना परीक्षण गर्दा ४२ हजार १२३ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । १९, जुलाईमा १४ लाख ६३ हजार ५९३ जनाको नमुना परीक्षण गर्दा २९ हजार ४२४ जना कोरोनाभाइरसको संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२०, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ४८९ जनाको निधन भएको छ । १९, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ३७२ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार साउन ६ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १२ लाख १५ हजार १४२ जना छन् । २०७८, साउन ६ गतेसम्ममा भारतले ४४ करोड ७३ लाख ४१ हजार १३३ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन ६ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ३ लाख ८३ हजार १ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख १३ हजार ६३० जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (मंगलबार) मा ३६ हजार ८७० जना कोरोना मुक्त भएका छन् । साउन ६ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख १८ हजार ५११ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।