अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख २५ हजारभन्दा बढी

अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख २५ हजारभन्दा बढी तरुण खबर ७ श्रावण २०७८, बिहीबार १०:१३
अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख २५ हजारभन्दा बढी

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२१, जुलाई) मा ८ लाख २ हजार ६६७ जनाको नमुना परीक्षण गर्दा ५४ हजार ७०३ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २०, जुलाईमा ८ लाख ३६ हजार ६३८ जनाको नमुना परीक्षण गर्दा ४६ हजार २५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । यस्तै, पछिल्लो २४ घण्टा (२१, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ४१३ जनाको मृत्यु भएको छ । २०, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट २७१ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा साउन ७ गते बिहीबार बिहान ७ बजेसम्ममा ३ करोड ५१ लाख ४१ हजार ५२८ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बिहीबार बिहान ७.०० बजेसम्ममा २ करोड ९४ लाख ५७ हजार २ सय ८ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार साउन ७ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५० लाख ५८ हजार ५२१ जना छन् । अघिल्लो दिनभन्दा बुधबार सक्रिय संक्रमितको संख्या बढेको छ ।

नेपाली समय अनुसार साउन ७ गते बिहीबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ५१ करोड ९४ लाख ६० हजार ७४२ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १८ करोड ८० लाख ११ हजार ४६१ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १८ करोड ८० लाख ११ हजार ४६१ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट साउन ७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २५ हजार ८०१ जनाको मृत्यु भैसकेको छ ।

साउन ७ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड २७ लाख ८३ हजार १८८ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ४१ हजार ८७७ जना छन् ।