तरुण खबर
८ श्रावण २०७८, शुक्रबार १०:११
२२, जूलाईमा भारतमा ३४ हजार ८६५ जनाभन्दा बढी संक्रमित
काठमाडौं । भारतको दिल्ली सरकारको स्वास्थ्य विभागले ३१ जुलाईसम्म सरकारी खोप केन्द्रमा दोस्रो डोज खोप (कोभिशिल्ड) मात्र लगाइने जानकारी दिइएको छ । किन भने कोभिशिल्ड खोपको अभाव भएको छ । १८ वर्षदेखि माथिका व्यक्तिहरुलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।
यता, कोरोना भाइरसको डेल्टा भेरियन्ट विरुद्ध फाइजर र अस्ट्राजेनेका खोपको दुई डोज प्रभावकारी देखिएको एक अध्ययनले देखाएको छ । न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा गत बुधवार प्रकाशित अध्ययन रिपोर्टमा निकै संक्रामक मानिएको डेल्टा भेरियन्टविरुद्ध फाइजर र अस्ट्राजेनेको दुई डोज लगाएका व्यक्तिमा प्रभावकारी देखिएको उल्लेख गरिएको छ ।
डेल्टा भेरियन्टविरुद्ध फाइजरको दुई डोज लगाएका व्यक्तिमा खोप ८८ प्रतिशत प्रभावकारी देखिएको अध्ययनमा देखिएको छ । यस्तै, अस्ट्राजेनेको दुई डोज डेल्टा भेरियन्टविरुद्ध ६७ प्रतिशत प्रभावकारी देखिएको उक्त जर्नलमा उल्लेख छ । यसअघि पब्लिक हेल्थ इंग्ल्याण्डले डेल्टा भेरियन्टविरुद्ध भ्याक्सिनको पहिलो डोज ३३ प्रतिशत प्रभावकारी रहेको जनाएको थियो ।
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२२, जुलाई) मा १७ लाख १८ हजार ४३९ जनाको नमुना परीक्षण गर्दा ३४ हजार ८६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २१, जुलाईमा १८ लाख ५२ हजार १४० जनाको नमुना परीक्षण गर्दा ४१ हजार ६९७ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२२, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ४८१ जनाको निधन भएको छ । २१, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ५१० जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार साउन ८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १२ लाख ९१ हजार ७०४ जना छन् । २०७८, साउन ८ गतेसम्ममा भारतले ४५ करोड ९ लाख ११ हजार ७१२ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन ८ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ४ लाख ६० हजार ३०४ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ११ हजार ८९८ जना छन्, यो संख्यामा तल–माथि भैरहेको छ । पछिल्लो २४ घण्टा (बिहीबार) मा ३८ हजार ४९१ जना कोरोना मुक्त भएका छन् । साउन ८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख १९ हजार ५०२ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


