डब्ल्यूएचओको कोरोना भाइरस उत्पत्तिबारे अनुसन्धनको प्रयास

डब्ल्यूएचओको कोरोना भाइरस उत्पत्तिबारे अनुसन्धनको प्रयास तरुण खबर ८ श्रावण २०७८, शुक्रबार १०:१५
डब्ल्यूएचओको कोरोना भाइरस उत्पत्तिबारे अनुसन्धनको प्रयास

अमेरिकामा २२, जुलाईमा ९ लाख ५० हजार बढीको परीक्षण, ६१ हजार ६५१ जना संक्रमित

काठमाडौं । कोभिड–१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को प्रस्ताव चीनले अस्वीकार गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले दोस्रो चरणको अनुसन्धानमा थप सघाउन चीनलाई आग्रह गरेका थिए । अमेरिकाले कोरोनाभाइरसको उत्पत्तिबारे अनुन्धान गर्न डब्ल्यूएचओमाथि दवाव दिइरहेको छ ।

सन् २०१९ को डिसेम्बर महिनामा कोरोनाभाइरस फैलिन सुरु भएको वुहान सहरमा यस वर्ष ज्यानुअरीमा बल्ल डब्ल्यूएचओका विज्ञहरूको एउटा टोली पुगेको थियो । त्यतिबेला उक्त समूहले कोरोनाभाइरस कुनै प्रयोगशालाबाट चुहिएर फैलिएको हुन सक्ने सम्भावना नरहेको निष्कर्ष निकालेको थियो ।

अमेरिकामा पछिल्लो २४ घण्टा (२२, जुलाई) मा ९ लाख ५० हजार ७४६ जनाको नमुना परीक्षण गर्दा ६१ हजार ६५१ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २१, जुलाई) मा ८ लाख २ हजार ६६७ जनाको नमुना परीक्षण गर्दा ५८ हजार ३६७ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । यस्तै, पछिल्लो २४ घण्टा (२२, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ३६५ जनाको मृत्यु भएको छ । २१, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ४१३ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा साउन ८ गते शुक्रबार बिहान ७ बजेसम्ममा ३ करोड ५२ लाख १३ हजार ५९४ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बिहीबार बिहान ७.०० बजेसम्ममा २ करोड ९४ लाख ७८ हजार १ सय ७३ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार साउन ८ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५१ लाख ९ हजार २४९ जना छन् । अघिल्लो दिनभन्दा बुधबार सक्रिय संक्रमितको संख्या बढेको छ ।

नेपाली समय अनुसार साउन ८ गते शुक्रबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ५२ करोड ४ लाख ११ हजार ४८८ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १८ करोड ८९ लाख ६२ हजार २०७ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १८ करोड ८९ लाख ६२ हजार २०७ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट साउन ८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २६ हजार १७२ जनाको मृत्यु भैसकेको छ ।
साउन ८ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड ३४ लाख १० हजार १६५ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ५१ हजार ४५६ जना छन् ।