राष्ट्रिय सहकारी बैंकको वासलातमा ४१ प्रतिशतको वृद्धि

राष्ट्रिय सहकारी बैंकको वासलातमा ४१ प्रतिशतको वृद्धि तरुण खबर ९ श्रावण २०७८, शनिबार १०:२३
राष्ट्रिय सहकारी बैंकको वासलातमा ४१ प्रतिशतको वृद्धि

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७-०७८ मा ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ । बैंकले आज गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तियविवरण सार्वजनिकगर्दै ७१ अर्ब ६८ करोडको वासलातको आकार कायम भएको जनाएको छ ।

यस अवधिमा बैंकको शेयर पूँजी २ अर्ब ८७ करोड रहेको छ भने जगेडा तथा कोषहरुमा ४६ प्रतिशतको वृद्धिदर सहित १ अर्ब ५२ करोड सञ्चित रहेको छ । कोभिड १९ को असहज परिस्थितिमा समेतबैंकको निक्षेपमा ४२ प्रतिशतको वृद्धिदर सहित ६६ अर्ब ३४ करोड, कर्जामा ३२ प्रतिशत वृद्धिदर सहित ३५ अर्ब ९१ करोड पुगेको छ ।

बैंकले कर पश्चातको खुदनाफामा ४८ प्रतिशतको वृद्धिदर हासीलगर्दै १ अर्ब ६६ लाख कमाएको छ । यससंगै बैंक एक अर्ब भन्दामाथी नाफा आर्जन गर्ने वित्तिय संस्थाहरुको क्लबमा समावेश भएको छ । बैंकले यस आ.व. मा मात्र रु १ अर्ब ७४ करोड खुदब्याजआम्दानी गरेको छ । अघिल्लो आर्थिकवर्षको भन्दा ५८ प्रतिशतले बढी रहेको हो ।

पछिल्ला वर्षहरुमा बैंककोशाखा बिस्तार, व्यवसाय तथा वित्तियआकारमा व्यापक वृद्धि देखिएको छ । पछिल्लो तिनवर्षको वित्तियविवरण विश्लेषण गर्र्दा बैंकको वासलातमा २२७ प्रतिशत, शेयर पूँजीमा १७६ प्रतिशत, कर्जा लगानीमा १९० प्रतिशत, निक्षेप संकलनमा २३२ प्रतिशत र नाफामा २१० प्रतिशतको वृद्धिदर देखिएको छ ।

बैंकमा हाल देशभरिका ७७ जिल्लाका सबै प्रकृतिका सहकारी संघ-संस्थाहरु गरी करिब १४ हजार सदस्यहरु रहेका छन् । बैंकले ७ वटै प्रदेशमा ६८ वटा शाखाकार्यालयमार्फत आफ्ना सदस्यहरुलाई सेवादिई रहेको छ । सहकारी संघ÷संस्थाहरुको प्रवद्र्धन, विकास एवम् बैंकिंग कारोवारको लागि सहकारी क्षेत्रको एक मात्र बैंक भएकाले पनिआफ्ना सदस्य सहकारी संघ÷संस्थाहरुलाई दिने सेवामा सधै अब्बल रहने भन्दै सदस्यलाई दिने सेवामाकुनै कमी हुन नदिएकोले सोको सकरात्मकप्रभाव बैंकको व्यवसायमा परेको अध्यक्ष के.बी उप्रेतीले बताए । बैँकको वर्तमान सञ्चालक समितिको कार्यकालभित्रै एक खर्बको वित्तीय अवस्था कायम गर्ने लक्ष्य निर्धारण गरिएको र सहकरी क्षेत्रमा प्रविधिमैत्री सेवाउपलब्ध गराउने गरी बैँक अघि बढेको समेत उप्रेतीले जानकारी दिए ।

बैंकले पछिल्लो तिनवर्ष लगातार १५ प्रतिशतले लाभाशं वितरण गर्दै शेयर सदस्यहरुको लगानीमा आकर्षक प्रतिफल प्रदान गरेको जानकारी दिदै बैंकमा कारोबार गर्ने सदस्य सहकारँी संघ-संस्थाहरुलाई सहकारी ऐनको व्यवस्थाअनुसार बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ सदस्य सहकारी संघ÷संस्थाहरुलाई संरक्षितपूँजीफिर्ता कोषबाट रकम समेत वितरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।