अमेरिकामा हालसम्म ६ लाख २६ हजार ६५८ जनाको संक्रमणबाट मृत्यु

अमेरिकामा हालसम्म ६ लाख २६ हजार ६५८ जनाको संक्रमणबाट मृत्यु तरुण खबर ९ श्रावण २०७८, शनिबार १०:२६
अमेरिकामा हालसम्म ६ लाख २६ हजार ६५८ जनाको संक्रमणबाट मृत्यु

काठमाडौं । कोभिड–१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को प्रस्ताव चीनले अस्वीकार गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले दोस्रो चरणको अनुसन्धानमा थप सघाउन चीनलाई आग्रह गरेका थिए । अमेरिकाले कोरोनाभाइरसको उत्पत्तिबारे अनुन्धान गर्न डब्ल्यूएचओमाथि दवाव दिइरहेको छ ।

सन् २०१९ को डिसेम्बर महिनामा कोरोनाभाइरस फैलिन सुरु भएको वुहान सहरमा यस वर्ष ज्यानुअरीमा बल्ल डब्ल्यूएचओका विज्ञहरूको एउटा टोली पुगेको थियो । त्यतिबेला उक्त समूहले कोरोनाभाइरस कुनै प्रयोगशालाबाट चुहिएर फैलिएको हुन सक्ने सम्भावना नरहेको निष्कर्ष निकालेको थियो ।

अमेरिकामा पछिल्लो २४ घण्टा (२३, जुलाई) मा ९ लाख ३० हजार ३६८ जनाको परीक्षण गर्दा ६७ हजार ४६० जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २२, जुलाईमा ९ लाख ५० हजार ७४६ जनाको नमुना परीक्षण गर्दा ६४ हजार ९६ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । यस्तै, पछिल्लो २४ घण्टा (२३, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ४२६ जनाको मृत्यु भएको छ । २२, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ३९३ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा साउन ९ गते शनिबार बिहान ७ बजेसम्ममा ३ करोड ५२ लाख ८३ हजार ५० जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये शनिबार बिहान ७.३० बजेसम्ममा २ करोड ९४ लाख ९७ हजार ८ सय ७६ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार साउन ९ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५१ लाख ५८ हजार ५१६ जना छन् ।

नेपाली समय अनुसार साउन ९ गते शनिबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ५२ करोड १३ लाख ४१ हजार ८५६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १८ करोड ९८ लाख ९२ हजार ५७५ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १८ करोड ९८ लाख ९२ हजार ५७५ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट साउन ९ गते शनिबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २६ हजार ६५८ जनाको मृत्यु भैसकेको छ ।
साउन ९ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड ४० लाख १० हजार ४६ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ५९ हजार ५११ जना छन् ।