तरुण खबर
११ श्रावण २०७८, सोमबार ११:२९
काठमाडौं । आगामी भदौ–असोजमा भारतका २८ प्रतिशत जनताले घुमफिर योजना बनाएका छन्, जतिबेला कोरोनाको तेस्रो लहर आउँन सक्ने विज्ञहरुले अनुमान गरेका छन् ।
तर भारतको एक अनुसन्धनले शहरी गरीब र ग्रामीण बस्तीमा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा लिन कठिन हुने रहस्य खुलेको छ । १० राज्यमा गरिएको अनुसन्धानका अनुसार ७ हजार ११६ परिवार संलग्न गराइएकोमा १० प्रतिशत परिवारसँग मात्र ज्वरो नाप्ने थर्ममिटर रहेको पाइएको थियो । ९ प्रतिशतको घरमा अक्सोमिटर थियो भने ३ प्रतिशत परिवारमा अक्सिजन सिलिण्डरको पहुच थियो । ४० प्रतिशत उत्तरदाताको पहुच डाक्टर र औषधी पसल रहेको भारतीय सञ्चार माध्यमले लेखेका छन् ।
उत्तर प्रदेश, झारखण्ड, महाराष्ट्र, छत्तीसगढ़, ओडिशा, मध्य प्रदेश, तमिलनाडु, बिहार, गुजरात, राजस्थान १० राज्यमा गरिएको सर्भेका अनुसार कोविड–१९ भाइरसको नयाँ स्वरुप र कोरोनाभाइरसको संक्रमणपछि देखिने लक्षणबारे पर्यप्त जानकारी नभएको पाइएको छ । अधिकांश उत्तरदाताले कोरोनाभाइरसको नतिजा पोजेटिभ आए कसरी, कुन अबस्था अस्पताल भर्ना गर्नु पर्ने जानकारी नभएको सर्भेमा देखिएको प्रतिवेदनमा उल्लेख छ । यद्यपी ८८ प्रतिशत उत्तरदाताले होम केयरका बारेमा जानकार रहेको पाइएको छ । कुल संक्रमितमध्ये भारतमा ९७.३६ प्रतिशत जनता कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२५, जुलाई) मा १७ लाख १८ हजार ७५६ जनाको नमुना परीक्षण गर्दा ३८ हजार १५३ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २४, जुलाईमा १६ लाख ३१ हजार २६६ जनाको नमुना परीक्षण गर्दा ४० हजार २८४ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२५, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ४११ जनाको निधन भएको छ । २४, जुलाईमा कोरोनाभाइरसका संक्रमणबाट ५४२ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार साउन ११ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १४ लाख ९ हजार ६३९ जना छन् । २०७८, साउन ११ गतेसम्ममा भारतले ४५ करोड ६२ लाख ८९ हजार ५६७ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन ११ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ५ लाख ७१ हजार ३९९ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख १७ हजार २४४ जना छन् । पछिल्लो २४ घण्टा (आइतबार) मा ३५ हजार ९०९ जना कोरोना मुक्त भएका छन् । साउन ११ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख २० हजार ९९६ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


