तरुण खबर
११ श्रावण २०७८, सोमबार ११:३४
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२५, जुलाई) मा १८ लाख ७३ हजार ६४७ जनाको नमुना परीक्षण गर्दा १३ हजार ८१८ मात्र कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २४, जुलाईमा ३ लाख ९३ हजार ४५३ जनाको नमुना परीक्षण गर्दा ३७ हजार २४५ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । यस्तै, पछिल्लो २४ घण्टा (२५, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ । २४, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट १५१ जनाको मृत्यु भएको थियो ।
अमेरिकामा साउन ११ गते सोमबार बिहान ७ बजेसम्ममा ३ करोड ५१ लाख ९९ हजार ४६५ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड ९५ लाख ११ हजार ९०९ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार साउन ११ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५० लाख ६० हजार ७९४ जना छन् ।
नेपाली समय अनुसार साउन ११ गते सोमबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ५२ करोड ३६ लाख ८ हजार ९५६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १९ करोड २१ लाख ५९ हजार ६७५ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १९ करोड २१ लाख ५९ हजार ६७५ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट साउन ११ गते सोमबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २६ हजार ७६२ जनाको मृत्यु भैसकेको छ ।
साउन ११ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड ४७ लाख ९८ हजार २३ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ७४ हजार ८६९ जना छन् ।


