तरुण खबर
१२ श्रावण २०७८, मंगलवार १०:१०
काठमाडौं । आफ्नो एउटा परिधानले कोरोनाभाइरसको नाश गरेको तथा कोभिड–१९ को विस्तारलाई रोकिदिएको दाबी गरेपछि अस्ट्रेलियामा व्यायाम तथा खेलकुदमा प्रयोग हुने विभिन्न वस्त्र बनाउने एउटा कम्पनीलाई कारबाही गरिएको छ । लोर्ना जेनले “सबै रोगकारक कीटाणुको विस्तार“ रोक्न आफ्नो परिधानमा एलजे शील्ड नामक अभूतपूर्व प्रविधि प्रयोग गरिएको भन्दै विज्ञापन गरेको थियो । तथ्यहीन दाबीका लागि उसलाई ५० लाख अस्ट्रेलियाली डलर जरिवाना तिराइएको छ । संघीय अदालतका एक न्यायाधीशले आफ्नो आदेशमा उक्त कम्पनीको दाबी शोषणकारी, हिंस्रक र खतरनाक भएको उल्लेख गरेका छन् ।
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२६, जुलाई) मा ११ लाख ५४ हजार ४४४ जनाको नमुना परीक्षण गर्दा ३० हजार १२५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २५, जुलाईमा १७ लाख १८ हजार ७५६ जनाको नमुना परीक्षण गर्दा ३८ हजार १५३ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२६, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ४१५ जनाको निधन भएको छ । २५, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ४११ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार साउन १२ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १४ लाख ३९ हजार ७६४ जना छन् । २०७८, साउन १२ गतेसम्ममा भारतले ४५ करोड ७४ लाख ४४ हजार ११ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन १२ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ६ लाख १३ हजार ४७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ५ हजार ३०६ जना छन् । पछिल्लो २४ घण्टा (सोमबार) मा ४१ हजार ६४८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । साउन १२ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख २१ हजार ४११ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


