अमेरिकामा कोरोना संक्रमणबाट ६ लाख २७ हजार ३९ जनाको मृत्यु

अमेरिकामा कोरोना संक्रमणबाट ६ लाख २७ हजार ३९ जनाको मृत्यु तरुण खबर १२ श्रावण २०७८, मंगलवार १०:१२
अमेरिकामा कोरोना संक्रमणबाट ६ लाख २७ हजार ३९ जनाको मृत्यु

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२६, जुलाई) मा २३ लाख ७४ हजार ९३० जनाको नमुना परीक्षण गर्दा ३५ हजार ८१६ जना कोरोनाभाइरसको संक्रमण भएको छ । २५, जुलाईमा १८ लाख ७३ हजार ६४७ जनाको नमुना परीक्षण गर्दा ३९ हजार ६० मात्र कोरोनाभाइरसका संक्रमित थपिएका थिए । यस्तै, पछिल्लो २४ घण्टा (२६, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट १३२ जनाको मृत्यु भएको छ । २५, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ९४ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा साउन १२ गते मंगलबार बिहान ७ बजेसम्ममा ३ करोड ५२ लाख ८७ हजार २६९ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये मंगलबार बिहान ७.३० बजेसम्ममा २ करोड ९५ लाख ४८ हजार ४६८ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार साउन १२ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५१ लाख ११ हजार ७६२ जना छन् ।

नेपाली समय अनुसार साउन १२ गते मंगलबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ५२ करोड ५९ लाख ८३ हजार ८८६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १९ करोड ४५ लाख ३४ हजार ६०५ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १९ करोड ४५ लाख ३४ हजार ६०५ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट साउन १२ गते मंगलबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २७ हजार ३९ जनाको मृत्यु भैसकेको छ ।

साउन १२ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड ५३ लाख ४५ हजार ६७ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ८२ हजार ८२० जना छन् ।