तरुण खबर
१३ श्रावण २०७८, बुधबार ०९:२८
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२७, जुलाई) मा ८ लाख ९२ हजार ३४६ जनाको नमुना परीक्षण गर्दा ६१ हजार ५८१ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २६, जुलाईमा २३ लाख ७४ हजार ९३० जनाको नमुना परीक्षण गर्दा ३६ हजार ९९१ जना कोरोनाभाइरसको संक्रमण भएको थिए । यस्तै, पछिल्लो २४ घण्टा (२७, जुलाई) मा कोरोनाभाइरको संक्रमणबाट ३३९ जनाको मृत्यु भएको छ । २६, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट १४६ जनाको मृत्यु भएको थियो ।
अमेरिकामा साउन १३ गते बुधबार बिहान ७ बजेसम्ममा ३ करोड ५३ लाख ५३ हजार ९२३ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बुधबार बिहान ७.३० बजेसम्ममा २ करोड ९५ लाख ७१ हजार ४३४ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार साउन १३ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५१ लाख ५५ हजार १३८ जना छन् ।
नेपाली समय अनुसार साउन १३ गते बुधबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ५२ करोड ६८ लाख ७६ हजार २३२ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १९ करोड ५४ लाख २६ हजार ९५१ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १९ करोड ५४ लाख २६ हजार ९५१ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट साउन १३ गते बुधबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २७ हजार ३५१ जनाको मृत्यु भैसकेको छ ।
साउन १३ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड ५९ लाख ८० हजार २०३ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ९२ हजार ९७८ जना छन् ।


