काँग्रेसको १४औं महाधिवेशनमा सैद्धान्तिक बहस शुन्य ?

काँग्रेसको १४औं महाधिवेशनमा सैद्धान्तिक बहस शुन्य ? तरुण खबर १६ श्रावण २०७८, शनिबार १०:४८
काँग्रेसको १४औं महाधिवेशनमा सैद्धान्तिक बहस शुन्य ?

कृष्णबहादुर तामाङ

स्थापना भएको ४ वर्षमै एक सय चार वर्ष देशमा शासन गरेको राणा शाही अन्त्य गरेको पार्टी हो नेपाली काँग्रेस । नेपाली काँग्रेको प्रथम महाधिवेशन २००३ साल माघ १२ गतेदेखि १५ गतेसम्म कलकत्ताको भवानीपुरमा भएको थियो । अहिले हामी १४औं महाधिवेशन संघारमा उभिएका छौं । यसर्थ मैले केही सैद्धान्तिक, केही व्यवहारी र केही सामाजिक उत्तरदायीत्वका विषयमा चर्चा गर्ने कोशिस गरेको छु । नेपाली काँग्रेस इतिहास बोकेको पार्टी हो, यसमा अरु कुरा सोच्न आबस्यक नै ठान्दिन म ।

सबभन्दा पहिले प्रथम महाधिवेशनकै चर्चा गर्नु सान्दर्भि ठान्दछु म । किन भने नेपालमा संस्थागत रुपमा राजनीतिक पार्टीको रुप लिएको दोस्रो दल थियो यो । नेपाल प्रजापरिषद् नेपाली राष्ट्रिय काँग्रेसभन्दा १० वर्ष पहिले जन्मिएको पार्टी हो । नेपाल प्रजा परिषद नेपालमा राणा वंशका विरुद्ध क्रान्तिलाई नेतृत्व गर्नका लागि संगठन बनाइएको पहिलो प्रयास थियो । टङ्कप्रसाद आचार्यको नेतृत्वमा गठन भएको प्रजा परिषदको स्थापना वि.सं १९९३ मा भएको थियो । प्रजा परिषदलाई नेपालमा पहिलो राजनीतिक पार्टीका रूपमा पनि लिने गरिन्छ । प्रजा परिषदको प्रधान कार्यालय काठमाण्डांैको ओम बहालमा धर्मभक्त माथेमाको घरमा राखिएको थियो । सच्चा अर्थमा सहिद भन्नलायक शुक्रराज शास्त्री, गंगालाल, धर्मभक्त माथेमा र दशरथ चन्द प्रजा परिषद्कै प्रेरणाले प्राणोत्सर्ग गर्न तत्पर भएका थिए । मातृभूमिको रक्षार्थ बलिवेदीमा चढेका थिए । तर २००७ सालसम्म नपुग्दै प्रजा परिषद्ले आफ्नो सान्दर्भिकता गुमाइसकेको थियो भन्न सकिन्छ । उसलाई विस्थापित गर्न काँग्रेस जनजागरणको पर्याय र नागरिक अधिकारको अग्रमोर्चामा स्थापित भइसकेको थियो । यो पार्टी आन्दोलन थियो, अभियान थियो । तीन तीन वटा आन्दोलन नेतृत्व गरेको पार्टी दक्षिण एशियामै सायद छैन । आज असान्दर्भिक त भएको छैन ? नयाँ पुस्ताका पढ्लेख गरेका युवाहरुले सैद्धान्तिक बहस खोजेका छन् ।

सच्चा अर्थमा सहिद भन्नलायक शुक्रराज शास्त्री, गंगालाल, धर्मभक्त माथेमा र दशरथ चन्द प्रजा परिषद्कै प्रेरणाले प्राणोत्सर्ग गर्न तत्पर भएका थिए । मातृभूमिको रक्षार्थ बलिवेदीमा चढेका थिए । तर २००७ सालसम्म नपुग्दै प्रजा परिषद्ले आफ्नो सान्दर्भिकता गुमाइसकेको थियो भन्न सकिन्छ । उसलाई विस्थापित गर्न काँग्रेस जनजागरणको पर्याय र नागरिक अधिकारको अग्रमोर्चामा स्थापित भइसकेको थियो ।

यसअघि तत्कालिन अधिराजकुमार नरेन्द्र विक्रम शाहको नेतृत्वमा माथवर सिंह थापाका छोरा कर्नेल विक्रम सिंह थापा, सनक सिंह टण्डनका छोरा कर्नेल इन्द्र सिंह टण्डन, धीरमान सिंह बस्नेत, कुलमान सिंह बस्नेतलगायत ५२ जना व्यक्तिले प्रधानमन्त्री रणोदीप सिंह र धीर शंशेरको जनवरी ६, १८८२ (वि.सं.१९३८ मा) हत्या गर्ने योजना बनाएका थिए । तर योजना पुरा हुन नपाउँदै त्यो सूचना कर्नेल उत्तरध्वज राजभण्डारीमार्फत धीर शंशेरले पाइसकेकाले सबै व्यक्तिलाई कैद गरियो । यीमध्ये ४१ जना निर्ममतापूर्वक काटिए भने १० जना बाहुन भएकाले मुडिएर देश निकालामा परेका थिए । नरेन्द्र विक्रम, बम वीर सिंह आदिले भारतको चुनारगढमा कैदी जीवन विताउँनु परेको थियो ।

२००३ साल माघ १२–१५ सम्मको भेलाले नै महाधिवेशन रुप लिएको थियो र त्यसै भेलाबाट जन्मिएको हो नेपाली राष्ट्रिय काँग्रेस । बी.पी. कोइरालाले २ अक्टुवर १९४६ मा पटनाबाट प्रकाशित हुने द र्सच लाईट पत्रिका मार्फत भारतमा रहेका नेपालीहरूलाई सँगठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय संगठन निर्माणका निम्ति गरेको आहृवानबाट यसको जन्मको प्रारम्भ भएको पाइन्छ ।

त्यसबेला नेपालको जेलबाट भागेर भारत पुग्नु भएका प्रजा परिषद्का नेता गणेशमान सिंह कृष्णप्रसाद प्रधानको नामबाट त्यहाँ पुग्नु भएको थियो । सिंह सहित बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा लगायतका जागरुक युवाहरु भेला भएको थियो । महाधिवेशनको प्रश्तावमा भनिएको थियो– नाम मात्रको स्वतन्त्र भनिएको देशमा प्रत्येक महत्वपूर्ण कार्यमा ब्रिटिस सत्ताकै हस्तक्षेप देखिन्छ । त्यस कारण ब्रिटिस सत्ताको नेपालबाट लोप हुन आबस्यक छ, जो भारतीय जनक्रान्तिको पनि लक्ष्य हो । नेपाल प्रजातान्त्रिक शासन तब सम्म छैन, जबसम्म भारतबाट ब्रिटिस साम्राज्यको विरुद्ध हुने लडाइँ त्यसको सहायताले बलियो हुँदै जान्छ । त्यसैले नेपाल र भारतको समस्या एकै छ भनि निश्कर्ष महाधिवेशनले निकालेको थियो । ४ बुँदा उल्लेख गरिएको राजनीतिक प्रश्तावले नै जहानिया राणा शासन ढालेको हो भन्न सकिन्छ ।

ऐतिहासक योगदान गरेको पार्टी सात दशक पार गर्दा नगर्दै आप्mनो औचित्य सावित गर्न सकिरहेको छैन । भावी नेपाल यस्तो हुने छ भनेर नेपाली काँग्रेसले भन्नु पर्दैन र ? यसको सामाजिक उत्तरदायीत्व छैन र ? व्यवहारिक बन्नु पर्दै न र भन्या ?

बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिनु भएको छ । त्रय नेताको अलग–अलग विशेषता थियो । पृथ्वीनारायण शाहले नेपालको भूगोल एकीकरण गरेका हुन् भने नेपाली भाषामा भानुभक्त आचार्यले नेपाल एकिकरण गरेका हुन्, नेपालको राजनीतिक एकिकरणमा बीपी कोइरालाको त्यस्तै महत्वपूर्ण योगदान छ । ऐतिहासक योगदान गरेको पार्टी सात दशक पार गर्दा नगर्दै आप्mनो औचित्य सावित गर्न सकिरहेको छैन । भावी नेपाल यस्तो हुने छ भनेर नेपाली काँग्रेसले भन्नु पर्दैन र ? यसको सामाजिक उत्तरदायीत्व छैन र ? व्यवहारिक बन्नु पर्दै न र भन्या ? पाँच वर्षपछि आएको अबसरमा पनि सैद्धन्तिक बहस हुँदैन भने कहिले हुन्छ ? नेपाली काँग्रेसलाई समय अनुकुल सान्दर्भिक बनाउँदै लैजानु हामी सबैको दायीत्व हो । त्यसका लागि गम्भिर ढंगको सैद्धान्तिक बहसको औचित्य देखिएको छ । इतिहास स्वर्णिम भएर मात्र हुँदैन भन्ने कुराको गतिलो उदाहरण होइन र (?) प्रजा परिषद ।
इतिहास हुँदैमा के नै हुँदो रहेछ र ! इतिहासबाट प्रेरणा लिएर नेपाली काँग्रेसले आप्mनो औचित्य आफंै सवित गर्न सक्नु पर्छ । म दोहोर्याएर भन्न चाहन्छु यो कुरा । पार्टीहरुको आसलाग्दो वर्तमान पनि हुनुपर्छ । युवा पुस्तालाई यसले के प्रस्ताव गर्छ वा नेपाली काँग्रेसका के–कस्ता योजना छन् भन्ने कुराले दलको अस्तित्व स्वीकार वा अस्वीकार गर्ने आधार बनाइनु पर्छ । नेपाली काँग्रेसलाई भविष्यमुखी बनाइनु पर्छ, तब बल्ल स्वीकार्य हुन्छ । काँग्रेसले त झन् आफैंलाई हेरे पनि हुन्छ; कहाँ थियो काँग्रेस, आज कहाँ पुगेको छ ?

२०१५ सालको निर्वाचनमा करीब दुई तिहाई सांसद संख्या ल्याएको नेपाली काँग्रेस २०४६ सालपछि दुई पटक बहुमत ल्याई सरकार बनाएको काँग्रेसले दुबै पटक संसद विघटन गर्न बाध्य भयो, यो घटना छर्लंगै छ । आज उसको नियति कहिले यो बैसाखी त कहिले त्यो बैसाखीको आस गर्नु पर्ने अबस्थामा पुगेको छ नेपाली काँग्रेस । पछिल्लो समयमा भारतीय राष्ट्रिय कांग्रेसले पनि आफ्नो राजनीतिक साख गुमाउँदै गएको छ । भारतीय स्वतन्त्रता संग्रामको नेतृत्व गरेको मुलुकमै भारतीय काँग्रेसको औचित्य सकिएको आभाष दिलाएको छ अर्थात न भरपर्दो नेतृत्व छ, न आस गर्न लायक नेता । यस घटनाबाट नेपाली काँग्रेसले पाठ सिक्नै पर्छ ।

क्रियाशील सदस्य नै पहिलो आधार
र, अब म क्रियाशील सदस्यको औचित्यका सन्दर्भमा थोरै चर्चा गर्ने छु । क्रियाशील सदस्य भनेको अबको १४औं महाधिवेशनले छान्ने कार्यसमितिको वास्तविक जग हो भने चुनिएको समिति तपाइँहरुको प्रतिनिधि पनि हो । भविष्यमा आउँने निर्वाचित केन्द्रीय समितिले देशको राजनीति र विकासमा खेल्ने भूमिकामा तपाईको पनि घुमाउरो सम्बन्ध रहने भएकाले त्यसको नैतिक जिम्बेवारीको दामासाही हिस्सा तपाई–हाम्रो काँधमा पनि आइपर्छ । क्रियाशीलको महत्वको बारेमा थप भन्नु पर्ला र ? काँग्रेसको क्रियाशील सदस्यता नलिकन पनि आम चुनावमा काँग्रेसको भोटर बन्न सक्नु हुन्छ तर काँग्रेसको दलको निर्वाचनमा तपाई सहभागी बन्न भने तपाईले पाउनु हुने छैन । यसर्थ, नेपाली काँग्रेसको माथिल्लो पदमा उक्लिन पनि कति बर्ष अघिदेखि क्रियाशिल थियो भन्ने बही खाता हेरिन्छ नै । १० बर्ष नकाटेकाले र क्रियाशील नबिकरण नगरेकाले केन्द्रिय समितिमा उमेद्वार वा मनोनित हुन समेत मिल्दैन । त्यसैले काँग्रेस राजनीतिमा अघि बढ्ने इच्छा राख्नेहरुका लागि यो नै अनिवार्य खुड्किलो हो । नेपालको संबिधान–२०७२, नेपाली काँग्रेसको बिधान– २०७५ (शंसोधित) र नेपाली काँग्रेसको नियमावली–२०७६ बमोजिम क्रियाशील लिन या नबिकरण गर्न विदेशमा हुने नेपालीहरु पासपोर्ट होल्डर हुनु पर्ने अनिवार्य शर्त राखिएको छ ।
(लेखक तामाङ नेपाली काँग्रेस रामेछापका जिल्ला नेता हुन्)